काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर हाल काठमाडौँ बस्ने धिरबहादुर शाही रहेका छन् ।
उमेरले ४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
त्यस्तै कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको प्रहरीले जनाएको छ ।