दाङ । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढा मगरकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।
मंगलबार बुढा मगरले घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै मृतक बुढाको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाइएको छ ।