प्रिया स्मृती गजमेर/लमही शुक्रबार, आश्विन ०४, २०८१

दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नगर समितिका सभापती सन्तोष बुढाथोकीले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा स्थानीयलाई पर्ने मर्का, समस्या, आर्थिक तथा भौतिक क्षतीको बारेमा सरकारले सम्वोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘सडक फराकिलो बनाउदै गर्दा मानवीय, सामाजिक अप्ठ्यारोलाई समेत मध्यनजर गर्नुपर्ने, जीवनको अमुल्य समय खर्चेर पसिना बनाई आफ्नो हक अधिकारको जग्गामा बनाइएका आफु बस्ने भौतिक संरचनाहरु विकासका सन्दर्भमा भत्काउनुपर्ने हो भने त्यसको उचित क्षतिपुर्ती पाउनुपर्ने सम्वनिधतको चाहना मात्र नभई अधिकार र आवश्यकता पनि हो’विज्ञप्तिमा भनिएको छ ।

चाडपर्वहरु नजिक आएकाले सडक विस्तार गर्ने कामलाई पनि पछी सार्न आग्रह गरिएको छ ।‘लामो समयदेखि प्रभावित उद्योग तथा व्यापार चाडपर्वको मुखैमा थप प्रभावित हुने अवस्था आउन नदिनका लागि प्रकाशित सूचनामा थप न्यूनतम दसैं तिहारपछी मात्र प्रक्रिया अगाडी बढाउन माग गर्दछौं ।’सडक विस्तार गर्ने क्रममा पूर्ण भूमिहिन हुने अवस्था आउने व्यक्तिहरुको समेत पहिचान गरेर उचित निर्णय लिन आग्रह गरिएको छ ।

यस्तै सडक विस्तार समयको माग तथा आवश्यकता भएको तर, यो काम गर्दै गर्दा नागरिकलाई पर्ने मर्कालाई पनि यथोचित सम्वोधन गर्न आग्रह गरिएको छ । विकासको महत्वपूर्ण पूर्वाधार सडक भएकाले मापदण्ड अनुसार सडक फराकिलो गरी सुन्दर बनाउने सडक डिभिजन कार्यालयको ढिलोगरी सुरु भएको प्रयासलाइ स्वागत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]