दिपक वली/घोराही शुक्रबार, आश्विन ०४, २०८१

दाङ । संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ ।

सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमूना संसदमा जसरी संघिय संसद भवनमा बैठक बस्छ त्यसै गरी प्रदर्शन गरिएको हो । झट्ट हेर्दा साच्चिकै संसदनै चलेको जस्तो अनुभव गर्न सकिन्थ्यो ।

नमूना संसदमा देशको तेस्रो ठुलो दल नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढल्छ । सो लगत्तै दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपि ओलीको सरकार बन्छ । त्यसको केहि समयपछि वली सरकारपनि ढल्छ त्यसपछि नँया सरकार प्रमुखको रुमपा डा सन्दुक रुइत नेपालको प्रधानमन्त्रि नियुक्त हुन्छन । उनि आफु प्रधानमन्त्रिमा नियुक्त भएपछि संविधान संसोधन गरेर नेपालको प्रधानमन्त्रि प्रतक्ष्य निर्वाचन प्रणालिबाट निर्वाचित हुने ब्यबस्था गर्छन र निर्वाचन सम्पन्न गराउछन ।

प्रतक्ष्य निर्वाचन प्रणालिबाट देशमा स्वतन्त्र युवा बालेन शाह प्रधानमन्त्रि बन्छन र देशलाई विकसित मुलुक जस्तै बनाउन निकै मेहनत गर्छन । त्यसपछि २०८१ सालमा निर्वाचित बालेन शाहले १९ बर्ष पछि २१०० सालमा देशको कायाप्लट भएको नमुना सार्वजनिक गरिएको थियो । गुरुकुलका विद्यार्थिहरुले देखाएका जुन दृष्य थियो त्यसै गरी देशमा लागुभएमा देशले पक्कै पनि गति लिने उपस्थिक दर्शकहरुले बताएका थिए ।

गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकासका प्रमुख देवमनि चौधरीले विद्यार्थीहरुले देखाएको नमूना संसदबाट बास्तबिक संसदको अनुभव गर्न सकिने बताएका थिए । साथै उनले गुरुकुल एकेडमीले यो अवशर जुराइदिएकोमा धन्यबाद समेत प्रकट गरेका थिए । यस्तै नागरीक समाज दाङका संयोजक निम बहादुर थापाले संसदको शिक्षा पुस्तकमा मात्र सिमित नभई ब्यबहारीक अभ्यासबाट विद्यार्थिले धेरै कुरा सिक्न पाउने बताए ।

कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसीले शुभकामना मन्तब्य राखेका थिए । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक बिबेक देबकोटाले गरेका थिए ।

नमूना संसद कार्यक्रमको निर्देशकमा विद्यालयका आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गरेका थिए भने प्राबिधिकमा इसिए संयोजक विशालमान श्रेष्ठ रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]