सुरज भट्टराई/रुपन्देही मंगलबार, आश्विन १५, २०८१

रुपन्देही । रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ हुने भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवले यहि असोज १७ गते देखि उक्त प्रतियोगिता शुरु गर्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल पानबारी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध समुदाय युवा क्लवले ट्रफी र जर्सी पनि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका सह- सचिव दिपशिखा खत्रीले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्र‌को गरिमालाई थप उचाईमा पुन्याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरेको बताए । उनले खेलका नियमहरु बताउदै खेलहरु नक आउट नियमबाट खेलाइने र खेल टेनिस बलले १६ ओभरको खेलाइने बताए । तर फाईनल खेल भने २० ओभरको हुने छ । त्यस्तै प्रतियोगितामा LBW Out हुने छैन । अरु नियमहरु ICC को नियम अनुसार खेलाइने उनले बताए ।

सोही अवसरमा बोल्दै प्रतियोगिताका प्रमुख प्रायोजक काठमाडौं क्यापिटल्सका टिम म्यानेजर नवीन ढकालले समुदाय स्तरमा रहेको क्लबले युवाहरूलाई लक्षित गर्दै महत्त्वपूर्ण प्रतियोगिता आयोजना गरेको र त्यसमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले प्रतियोगिताले खेलाडीहरु बिच एक आपसमा भातृत्वको सम्बन्ध कायम हुने कुरामा विश्वस्त रहेको बताए ।

त्यस्तै कार्यक्रममा सह प्रायोजक आईजेएस जापानीज ईन्स्टिच्युटका प्रतिनिधि मोनिका खनाल, क्लबका कोषाध्यक्ष अंकिता भण्डारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्च हुने आयोजक संस्थाका सल्लाहकार गोपाल भणडारीले बताए । प्रतियोगिता पानबारी खेल मैदान,देवदह मा.विको खेल मैदान र बुद्ध दिप खेल मैदानमा खेल खेलाइने उनले बताए । प्रतियोगितामा रुपन्देही सहित कपिलवस्तु, नवलपरासी, पाल्पाका जिल्लाका खेलाडीहरु सहभागी हुने जनाईएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।व्यक्तिगततर्फ म्यान अफ द सिरिजले ४ हजार, बेस्ट ब्याट्समेनले २ हजार ५ सय,बेस्ट बलरले २ हजार ५ सय रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा श्री बुद्ध सामुदायिक वन उपभोक्ता समूह सह-प्रायोजक,दुर्गा नगर टोल विकास संस्था सह आयोजक र विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जनाएको छ । टिम दर्ता गर्ने अन्तिम मिति यहीँ असोज १५ गतेसम्म रहेको आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]