Sidha Patra बुधबार, आश्विन १६, २०८१

दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुलको आयोजनामा मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलमा बुधबार बसेको खेलकुद प्रतियोगिता कार्यक्रम तयारी बैठकमा आयोजक सहित ७ टिमले भलिबल प्रतियोगिता कार्यक्रममा भाग लिने भएका छन् ।

बिहीबार बिहान ११:०० बजेदेखि स्कुलको प्राङ्गणमा संचालन हुन लागेको उक्त प्रतियोगिता कार्यक्रममा लमही नगरपालिका कर्मचारी,राप्ती गाउँपालिका कर्मचारी,देउखुरी बहुमुखी क्याम्पसका शिक्षकहरु,देउखुरी उद्योग बाणिज्य संघका पदाधिकारी,शिक्षक महासंघ लमही नगरका पदाधिकारी, प्याब्सन लमही नगरका पदाधिकारी, आयोजक स्कुल टिम गरि कुल ७ समूहले भाग लिन लागेको आयोजक विद्यालय गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजालले जानकारी दिए ।

आज सम्पन्न भएको उक्त छलफल बैठकमा प्याब्सन लमही नगरका अध्यक्ष नारायण भुसाल,पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल खेलका प्रादेशिक रेफ्री एवं दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष र गोरखा मोडेल सेकेन्डरी स्कुलका खेल प्रशिक्षक भरत कँवर,भलिबल खेलका प्रादेशिक रेफ्री धनमाया बोहरा,देउखुरी उद्योग बाणिज्य संघ लमहीका खेल क्याप्टेन गुरुप्रसाद चौधरी,जहेन्द्र मावि स्कुल लमहीका प्रिन्सिपल कान्ता प्रसाद चौधरी,गोरखा आइडियल स्कुल लालमटियाका शिक्षक बलदेव शर्मा गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका खेल शिक्षक झलक रसाइली,लगायतको सहभागी रहेको थियो ।

त्यस्तै खेल नकाउट सिस्टममा खेलाइने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले २५ केजीको बोका पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजक विद्यालयले जनाएको छ । प्रत्येक वर्ष मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम संचालन गर्ने उदेश्यका साथ गत वर्ष विद्यालयले पहिलो संस्करणको प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]