प्रिया स्मृती गजमेर/लमही बिहिबार, आश्विन १७, २०८१

दाङ । देउखुरी बैंकर्सको आयोजनामा दोस्रो को-अपरेट कर्पोरेट सुपर -सिक्स क्रिकेट खेल बिहिबारदेखि देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा शुरु भएको छ ।

त्यस्तै उक्त खेलमा १३ वटा बैंक र २ वटा स्कुल गरि १५ वटा टिम सहभागी भएका छन । खेल ५ ओभरको हुने आयोजक संस्था देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिए ।

लिग चरणको पहिलो दिनमा ९ वटा खेल सकिएका छन् । खेल तालिका अनुसार प्रतियोगितामा जम्मा ४५ वटा खेल हुने छन् । पहिलो दिन हिमालयन बैंक ‘बि’ र प्राईम कमर्सियल बैंक बिच भएको खेलमा पाँच विकेटले हिमालयन बैंक पराजित भएको छ । पाँच ओभरमा हिमालयन बैंकले ४२ रन बनाएको थियो भने ४३ रनको लक्ष्य सहित मैदानमा उत्रेको प्राइमले ५ ओभरमा ४३ रन बनाउदै विजयी हाँसिल गरेको थियो ।

त्यसैगरी कृषि विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक बिच भएको खेलमा कर्णाली विकास बैंक विजयी भएको छ । ५ ओभरमा कृषि विकास बैंकले २७ रन बनाएको थियो भने ५ ओभरमै कर्णाली डेभलपमेन्ट बैंकले २८ रन बनाएको थियो ।

त्यस्तै दीपशिखा बोर्डिङ स्कुल घोराही र नबिल बैंक बीच भएको खेलमा दीपशिखा बोर्डिङ स्कुल घोराही विजयी भएको छ । उस्ले ५ ओभरमा ९२ रन बनाएको थियो भने नविल बैंकले ५ ओभरमा ३२ रन मात्र बनाउन सकेको थियो ।

त्यसैगरी कुमारी बैंक र सनलाइट मोर्डन स्कुल लमही बीच भएको खेलमा कुमारी बैंक विजयी भएको छ । कुमारीले ५ ओभरमा ५१ रनको लक्ष्य दिएको थियो तर लक्ष्य पूरा गर्न नपाउदै ३ विकेटले सनलाइट मोर्डन स्कुल पराजित भएको हो । यस्तै सांग्रीला डेभलपमेन्ट बैंक लि. र नेपाल बैंक लिमिटेड बीच भएको रोमान्चक खेलमा ५ ओभरको सुपर खेलमा सांग्रीला डेभलपमेन्ट बैंक लि. ले १ सय १४ रनको विशाल स्कोर बनाएको थियो । नेपाल बैंक लिमिटेडले ५ ओभरमा ३५ रन मात्र बनाउन सकेको थियो । नेपाल बैंक लिमिटेड सांग्रीला डेभलपमेन्ट बैंक लि. संग ८० रनले पराजित भएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंक र सिद्दार्थ बैंक बीच भएको खेलमा प्राइम कमर्सियल बैंक विजयी भएको छ । कर्णाली डेभलपमेन्ट बैंक र हिमालयन बैंक ‘ए’ बीच भएको खेलमा कर्णाली डेभलपमेन्ट बैंक विजयी भएको छ । कर्णाली डेभलपमेन्ट बैंकसंग हिमालयन बैंक ‘ए’ ५ विकेटले पराजित भएको हो ।

त्यसैगरी आज भएको खेलमा नविल बैंक विजयी भएको छ । ५ ओभरमा नविल बैंकले ५५ रनको लक्ष्य पछ्याउदै माछापुच्छ्रे बैंकलाई पराजित गरेको हो, माछापुच्छ्रे बैंकले ५४ रन बनाएको थियो । र आज भएको अन्तिम खेलमा लक्ष्मी सनराइज बैंकलाई सनलाइट मोर्डन स्कुल लमहीले ६ रनले पराजित गरेको सचिव देव खड्काले जानकारी दिए । बाँकी रहेका अन्य खेल पर्सी शनिबार हुने आयोजकले जनाएको छ ।उक्त खेल उद्घाटन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी (सागर)नेपाल क्रिकेट संघ दाङ जिल्लाका उपाध्यक्ष किशोर कुमार घर्ती लगायतको सहभागिता रहेकोे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]