लिलाधर वली/घोराही सोमबार, आश्विन २१, २०८१

दाङ । घोराहीमा प्रथम गोर्खा नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । हाप्किडो खेलको विकाससँगै प्रतिभाको पहिचान र संरक्षण गर्नका लागि प्रथम गोर्खा स्कुल डोजाङ घोराही नगरस्तरीय हाप्किडो प्रतियोगिता हुन थालेको हो ।

आयोजक गोर्खा स्कुल हाप्किडो डोजाङले सोमवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । हाप्किडो खेल र खेलाडीलाई निरन्तर चलायनमान बनाउँदै खेलाडीको क्षमता विकास, स्थानीय स्कुलहरुमा कार्यक्रमहरू बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि आउने कार्तिक ३० र मंसिरको १ गते दुई दिन घोराहीमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

संयोजक थापाका अनुसार प्रतियोगिता गोर्खा ईन्टरनेशल स्कुल घोराहीमा हुनेछ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि,५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेसन पनि प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिने छ । प्रतियोगिताले नगरको नाम उचो बनाउन र खेलकुदको विकासमा सहयोगी बन्ने विश्वास गरिएको संयोजक थापाले बताए । घोराहीमा वृहत रुपमा आयोजना गर्न थालिएको प्रतियोगिताको तयारी सुरु भएको भन्दै कार्यक्रम संयोजक थापाले प्रतियोगितामा घोराही नगर क्षेत्रका ३४ वटा विद्यालयमा रहेका डोजाङबाट खेलाडीको सहभागीता हुनेछ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियलहरु गरी आठ सय बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा घोराहीमा वृहत र्‍याली समेत आयोजना गरिएको छ । घोराहीको लखन थापा पार्कबाट सुरु भएर बैंक रोड,ट्राफिक चोक हुँदै गोर्खा स्कुल प्रतियोगिता हुने स्थानमा र्‍याली पुग्ने छ । र्‍यालीमा तीन हजार बढी खेलाडी तथा प्रशिक्षकहरको सहभागीता हुनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]