काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।
त्यस्तै पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । रविमाथि अनुसन्धान गर्न प्रहरीले बुधबारसम्मका लागि म्याद पाउने छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल विश्वकर्मा पनि कास्की प्रहरीकै हिरासतमा छन्।
त्यस्तै रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए।