इराधा झाक्री मगर सोमबार, कार्तिक ०५, २०८१

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारीले आइतबार एक समारोहका बीच सपथ ग्रहण लिएका छन् ।

निर्वाचन समितिका संयोजक महेश रिजालले नवनिर्वाचित अध्यक्ष सुरज खड्का सहित अन्य पदाधिकारीहरूलाई सपथ खुवाएका हुन् । निर्वाचन समितिका संयोजक महेश रिजालको अध्यक्षयतामा भएको सपथ ग्रहण कार्यक्रममा राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष गेमे खड्का,राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतका वक्ताहरुले बधाई सहितको शुभकामना मन्तव्य दिएका थिए ।

सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दैै नवनिर्वाचित अध्यक्ष खड्काले सबैको भावनालाई आत्मसात गरेर अगाडी बढ्ने बताएका छन् । निर्वाचन समितिका सदस्य चन्द्रमणि खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य टोपबहादुर झार्की मगरले गरेका थिए ।

व्यवसायीहरुको बीचमा सहमति गर्दै उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे छ । जस संघकाे अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि सुरज खड्का,बरिष्ठ उपाध्यक्षमा बसन्त गिरी, उपाध्यक्षमा चन्द्रप्रकाश आचार्य, महासचिवमा बासुदेव न्यौपाने,सचिवमा मोहन आचार्य र कोषाध्यक्षमा बिष्णुप्रसाद बोहोरा यस्तै सदस्यहरूमा शिवा थापा,राजकुमार आचार्य,हरिबहादुर खड्का, राजु थापा,भूमि गुरुङ निर्वाचित भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]