Sidha Patra सोमबार, कार्तिक ०५, २०८१

रौतहट । जिल्लाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले मोटरसाइकल सहित लाखौँ रुपैयाँ मूल्य भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिटबाट खटिगएको गस्ती टोलीले जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भित्र्याएको ५ लाख ३४ हजार ३७७ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार टोलीले १ लाख ९० हजार,६५५ बराबरको लत्ताकपडा, १ लाख ८५ हजार ३२२ बराबरको किराना तथा ड्राई फ्रुट्स, १ थान मोटरसाइकल लगायत उक्त परिमाण बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

यस्तै बरामद सामानहरू आइतबार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]