बिदुर एमसी सोमबार, कार्तिक ०५, २०८१

कपिलवस्तु । गएको असोज २८ गते बेलुका कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३, मौजा छोट्की खैराटी गाउँमा आक्रमणकारी यादव समूहले सुनियोजित रूपमा निहुँ खोजेर एकाएक हिंसात्मक शैलीमा हमला गर्न थाले निर्दोष वरई समुदायमाथि आइलागे ।

एक्कासी हातमा चक्कू, फलामे रड् र लठ्ठी लिएर होहल्ला गर्दै आए । त्यसपछि त्यहाँ केही भनाभन, विवाद जस्तो भयो । सोही ठाउँ बस्ने वर्ष ३० को रामदर्शन यादव, वर्ष २६ को सञ्जय यादव, वर्ष २९ काे रामअचल यादव, वर्ष ३७ काे गुड्डू भन्ने बलिराम यादव, वर्ष ४७ काे कुल्ली भन्ने रामभराेसे यादव, वर्ष ४३ काे भाेथे भन्ने तिलकराम यादव, वर्ष २० काे अर्जुन भन्ने श्रीकृष्ण यादव, वर्ष ३२ को रघुनन्दन यादव लगायतको एउटा ठूलै जत्थाले बहुलाएको तरिकाले अन्धाधुन्ध आक्रमण गर्न थाल्यो । त्यसरी दर्जनौं संख्यामा आएको आक्रमणकारी समूहले न महिला, न बच्चा, न बृद्ध कसैलाई पनि नछोडेर सांघातिक हमला गरेर कति महिलाको ढाड, टाउकोमा प्रहार गरेपछि गम्भीर चोट लागेको छ । केही बच्चाहरु पनि घाइते भएको र त्यहाँ भएका अरु मानिसहरु समेत घाइते भएको घटनाका पीडितहरुको गुनासो छ । त्यसरी त्यस आक्रमणकारी समूहले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ३, मौजा छोट्की खैराटी निवासी ५ वर्षको बच्चा सुदिप बरई, ४ वर्षको सलोनी बरई र १७ वर्षको ज्योति बरई उक्त सांघातिक आक्रमणको शिकार भई घाइते भएका छ्न । सांघातिक आक्रमणको निसानामा ६५ वर्षकि बृध्दा आकाशपति बरई, ३५ वर्षकि महिला शान्ति बरई, कान्ति बरई पनि गम्भीररूपमा घाइते भएका छन् । पीडित घाइतेहरुको कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ६७ वर्षका रामगुलाम बरई लगायतका दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । ६५ वर्षकि बृध्दा महिला आकाशपति बरईको हातको औंला भाँचिएकोले सल्यक्रिया गर्नुपर्ने भएको छ । घटनाका पीडित धर्मेन्द्र बरई बेहोस अवस्थामा अस्पतालमा उपचाररत छन् ।घटना भएपछि पीडितका तर्फबाट लिखित जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुमा पुगे । तर याे समाचार तयार पार्दासम्म घटनाको हप्ता दिन भएको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुले पीडितले दिएको लिखित जाहेरी लिन मानिरहेको छैन । बरु प्रहरीले नै पीडितलाई पीडक र पीडकलाई पीडित बनाउने कसरतमा लागेको घटनाका पीडितहरुको गुनासो छ । यस घटना बारेमा ईलाका प्रहरी कार्यालय कपिलवस्तु पकडीका इन्चार्ज इन्स्पेक्टर कमल क्षेत्रीसँग घटनाको बारेमा जाहेरी दर्ता किन नगरेको भन्ने प्रश्नमा यस्तो कुटपिटको मुद्दा यहाँ हाम्रो इलाका प्रहरीमा दर्ता हुँदैन भन्दै जिल्ला प्रहरी तौलिहवामा जाहेरी दिन पठाएको छ्लफल र सहमति गराउने कोशिश गरेको भनेर ज्यानमार्ने उद्योग अन्तरगत यादवहरुमाथी सिधै मुद्दा चलाउनुपर्ने यस्तो गम्भीर प्रकृतिको कुरामा पनि गैरजिम्मेवारी जवाफ दिए ।त्यसैगरी जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले सोही घटनालाई यथार्थ न्याय प्रदान गर्नुको साटो त्यसलाई अन्यत्र तोडमोड गर्ने कोशिश गरिरहेका छन् । पीडितलाई न्याय दिनुको साटो उल्टै दुबै पक्षको जाहेरी आएको हुनाले मेलमिलाप गरेर सहमति गर्ने होइन भने मुद्दा अगाडि बढाउने भनेर हदैसम्मको गैरजिम्मेवारी तरिकाले कुरा गरेको पीडितको गुनासो रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]