कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ ठकुरापुरबाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारतबाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए।
त्यस्तै उक्त कुखुराको चल्लालाई नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कमपाउंड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि,पत्रकार,पशु क्वारेन्टाइन प्रतिनिधि,प्रहरी लगायतको रोहबरमा सम्पूर्ण चल्ला नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध रूपमा भारतबाट नेपाल भित्रिने कपडा,चानी,मैदा, माछा,मोटरपार्टस लगायत विभिन्न सामान आवश्यक कारबाही गरि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्थानीयले बताएका छन् ।