Sidha Patra शुक्रबार, कार्तिक ०९, २०८१

काठमाठौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा शुक्रबार प्रदर्शन गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड समेत बोकेका छन् । लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।

सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनका लागि म्याद थपेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]