दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा मोटरसाइकल र ट्याक्टर एकापसमा शुक्रबार राति ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा मोटरसाइकल चालक लमही -४ भैसकुमराका ३१ वर्षीय हेमन्त चौधरी रहेका छन् । लमही-८ सतबरियादेखि राति अन्दाजी ८:४५ बजेतिर लु ३१ प ४१५४ नम्बरको मोटरसाइकलमा सवार भएर लमही जादै गर्ने क्रम पुर्व,पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत नयाँ बस्तीमा सोही दिशा तर्फ जादै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरसंग एकापसमा ठोकिँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई लमही अस्पतालमा उपचारका लागि पुराइएको थियो ।
त्यस्तै दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पतालमा पुराएर चेकजाँच गर्ने क्रम ९:१० मा मृत्यु भैसकेको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।
मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार रहेका ट्याक्टर चालक लमही -७ बस्ने वर्ष ४२ का शोभाराम चौधरीलाई प्रहरी चौकी गोजेनाका प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर नेपालीको ५ जना प्रहरी टोली र इलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख प्रहरी निरीक्षक भवानी प्रसाद धमलाको कमान्डमा ७ जनाको प्रहरी टोली,वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालको टिम समेत परिचालित भएर नियन्त्रणमा लिएर अहिले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।