Sidha Patra शनिबार, कार्तिक १०, २०८१

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व तहमा रहेकाहरुले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्ने समेत बताएका छन् ।‘अख्तियारको प्रतिनिधिको रुपमा सिडियो हुन्थ्यो । त्यो व्यवस्था कायम गर्न जरुरी छ । किन कि तल वडा वडामा हुने अनियमिताहरुलाई पनि हेर्न जरुरी छ’उनले भने,‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौं । हामी सबै पारदर्शी बन्यौं भने मलाई लाग्छ यो भ्रष्टाचार आफै न्यूनिकरण भएर जान्छ । तपाईले नखाने, मैले नखाने, अर्काले नखाने हो भने यसै सकिन्छ त । त्यसोभएकाले यो सवालमा हामी सबै गम्भिर बनौं ।’

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको समेत उनले जानकारी दिए । भ्रष्टाचारलाई शुन्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच बर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुराएको बताएका हुन् ।‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ । तपाई जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’उनले भने,‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ । प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चहरुलाई कटौती गरेर अगाडि बढीरहेका छौं ।’

भ्रष्टाचार शुन्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरुमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको समेत धारणा राखे । जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शुन्यमा झार्न सकिने बताए ।‘सबै तह र तप्काको नेतृत्व हरेक हिसावले सच्चिन जरुरी छ । राजनीतिक दलका नेता कार्यकर्ता भन्नुस, जनप्रतिनिधि भन्नुस, कर्मचारी साथिहरुको कुरा गर्नुस,विभिन्न संघ संस्थामा काम गर्ने अभियन्ताको कुरा गर्नुस,नागरिक समाजको कुरा गर्नुस,सामान्य नागरिकको कुरा गर्नुस । हरेक क्षेत्रमा इमानदारीता हराउदै गइरहेको छ । यो कुरालाई आत्मसाथ गर्नुपर्छ’उनले भने,‘हामि सबै सच्चिन र सुध्रीन जरुरी छ । मैले यो आवश्यकता देखेको छु ।’ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारको आयोजनामा भैरहवामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण बारे छलफल गरिएको हो ।

त्यस्तै भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति,शुसासन,विकास र समृद्धिको आकांक्षा पुरा गर्न,मौलिक हकको सुनिश्चितता एवम् मानव अधिकारको सम्मान,संरक्षण र सम्बद्र्धनको माध्यमबाट समावेशी,मर्यादित र समतामूलक समाजको विकास गरी समृद्ध प्रदेश,खुसी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न,सार्वजनिक प्रशासनलाई स्वच्छ,सक्षम,पारदर्शी,भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति दिलाउने लगायतका उद्देश्य राखेर भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको हो । राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने राज्यको नीति कार्यान्वयन गर्न, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको रुपमा सो महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजनाको आवश्यकता परेको जानकारी गराइएको छ ।

भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वन गर्न प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन जोड दिइएको छ । भ्रष्टाचारको जोखिमपूर्ण क्षेत्रको पहिचानगरी बिशेष निगरानी गर्ने, सेवाग्राहीको बढी चाप हुने कार्यालय र निकायहरुको सेवालाई अनलाई सेवामा रुपान्तरण गर्ने, त्यस्ता कार्यालय र निकायमा सिसिटिभी जडानको व्यवस्था अनिवार्य गर्ने, सार्वजनिक निकायहरुले आफूलाई विनियोजित बजेट एवम् त्यसमा भएको खर्च तथा प्रगतीको विवरण सार्वजनिक गर्ने, मुख्यमन्त्री तथा मन्त्रीहरुको निजी सचिवालयमा रहने सल्लाहकार तथा अन्य कर्मचारीको नियुक्ति तथा सेवा शर्त सम्वन्धि बिषयलाई ऐनद्धारा नियमित गर्ने, सार्वजनिक पदाधिकारीहरुमा सदाचार, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता विकास र परिमार्जनगरी कार्यान्वयन गर्ने, हाजिरी छड्के, पोशाक अनुगमन, नागरिक वडापत्र अनुगमन आदीमा कानुनको परिपालना नगर्ने व्यक्ति र निकायहरुको अभिलेख तयार गर्ने लगायतका क्षेत्रमा भूमिका तोकिएको छ ।

त्यस्तै कार्यक्रममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले गरेका थियो । कार्यक्रमको बिषयवस्तुमाथी उपसचिव राजुप्रसाद गुरागाईले प्रकाश पार्नु भएको थियो । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]