Sidha Patra बिहिबार, कार्तिक २२, २०८१

दाङ । राजपुर-१ पटौली नाकामा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

चौंथी मेला व्यवस्थापन समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा प्रथम राजपुर – ७ भौवा नाका भएको हो । यस्तै द्वितीय राजपुर – १ रसरी खोला भएको छ भने राजपुर -७ मनौरा नाका तृतीय भएको छ ।लगातार दुई दिनसम्म भएको खेलमा कुल १९ टिमले खेलमा भाग लिएका थिए । खुल्ला प्रतिस्पर्धाका साथ भएको प्रतियोगिता खेललाई टिटि सिस्टममा खेलाइएको थियो ।

पटौली नाका गाउँका समाज सेवी बहादुर घर्ती मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि र पालिकाकी उपाध्यक्ष धनपती देवी यादवको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँ-समाजमा परम्परागत रुपले मान्दै र संचालन गर्दै आएको मौलिक मेला कार्यक्रमलाई जगेर्ना गर्नुपर्ने बताएका छन् ।

रमाइलो मेला तथा कार्यक्रमले प्रत्येक व्यक्तिलाई प्रत्येक्षरुपमा जोड्ने प्रमुख भुमिका खेल्ने भएको हुँदा आगामी दिनमा अझै यस किसिमका मेला तथा साँस्कृतिक कार्यक्रम र खेल प्रतियोगिताहरुलाई व्यवस्थितका साथ संचालन गर्नुपर्ने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।

त्यस्तै उनले पालिका क्षेत्र भित्रको समथल भूभाग र खोला,नाकालाई जोड्न बाटो अत्यन्तै आवश्यक रहेको हुँदा पहिले बाटोलाई प्राथमिकता दिएर अहिले बेला गाउँदेखि माररी खोला हुँदै पटौली नाका जोड्ने बाटोको स्तर बढाउने कार्यमा पालिका लागि परेको जानकारी दिए । यस्तै उनले मेला व्यवस्थापन समितिलाई आगामी दिनमा मेला संचालन गर्नुभन्दा पहिले प्रक्रियाका साथ वडाको सिफारिस लिएर आएको खण्डमा आवश्यक सहयोग गर्ने बताए ।

त्यस्तै कार्यक्रमकि विशेष अतिथि यादवले राजपुर गाउँपालिकाले विकास निर्माणका कार्य सहित महिला, बालबालिका र जेष्ठ नागरिकका लागि अहिले विशेष रुपमा कार्य गरिरहेको बताए । उनले अहिले पालिका भित्रका आम महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्ने गरेको बताएकी छिन् । उनले आगामी दिनमा अझै यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन आयोजक टिमलाई अनुरोध समेत गरेकी छिन् ।

वडा नम्बर १ का सह-सचिव गिरधारीलाल यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सोही वडाका वडा सदस्य शालिकराम कँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मेला व्यवस्थापन समितिका अध्यक्ष सन्देश घर्ती मगरको विशेष व्यवस्थापनका साथ संचालन भएको चौंथी मेला कार्यक्रमको संचालन वडा नम्बर १ कि दलित महिला सदस्य भिम कुमारी सुनारले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]