Sidha Patra बिहिबार, कार्तिक २२, २०८१

काठमाडौँ । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौँबाट नेपाल प्रहरीका असई र जवानलाई प्रहरीद्वारा पक्राउ परेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको कीर्तिपुर शाखामा कार्यरत असई अनबहादुर पुन र जवान धीर बुढा रहेका छन् । उनीहरूलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

यस्तै काठमाडौँको कलंकीमा एउटा समूहले २५ लाखमा अर्को समूहलाई ‘लेदर क्वाइन’ बेच्दै थिए । तिहार अगाडि सो सूचना लेदर क्वाइन कारोबार गर्न खोज्नेहरुले प्रहरीलाई दिए । लेदर क्वाइन किन्न आउने समूहले रकम लिएर आउन र सो रकम लुट्ने योजनामा असई र जवान कलंकी पुगेका हुन् ।

त्यसपछि किन्न आउनेहरुलाई प्रहरी र कारोबार गर्न खोज्ने अर्को समूहले मिलेर पक्राउ गरेर ट्याक्सिमा राखेर खसिबजारमा लगे । खसी बजारस्थित ‘टिकटक रेष्टुरेण्ट’मा दिनभर बन्धक बनाएर पैसा मागेको र पैसा नपाएपछि हत्कडी खोलेर असई र जवान हिँडेका थिए ।

उक्त घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन । लेदर क्वाइन कारोबार गर्ने नाममा २५ लाख लिएर आउनेहरुलाई लुट्न खोज्ने थप ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान भइरहेको छ । किनबेच गर्न खोजिएको लेदर क्वाइन नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]