Sidha Patra सोमबार, कार्तिक २६, २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गरेका हुन् ।

चाइना एयरलाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा सहभागी छन् । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।

त्यस्तै मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रीपरिषद् बैठकले अनुमती दिएको थियो । यस अघि कार्तिक २० गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग,पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]