काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए।
गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो । दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका थिए।
त्यस्तै प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । आज फेरी प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नक्कली कागजपत्र बनाएको भन्दै उनलाई पक्राउ गरेको हो ।