ओमप्रकाश गुप्ता शुक्रबार, मंसिर ०७, २०८१

दाङ । मुक्त कम्लहरीहरुको सञ्जाललाई जिल्ला र पालिका स्तरमा सक्रिय बनाइने भएको छ ।

युएसए आइडी,नागरिक समाज र सञ्चार एवम् द–एसिया फाउन्डेशनको संयुक्त साझेदारीमा मुक्त कम्लहरी विकास मञ्चले शुक्रवार दाङको लमहीमा आयोजना गरेको मुक्त कम्लहरीको अधिकार र मुद्दाका लागि प्रमाणमा आधारित पैरवी परियोजना अन्तरगतको परियोजना परिचय बैठकमा सो विषयमा छलफल गरिएको हो ।

मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरामोती चौधरीले परियोजनाको विषयमा जानकारी गराउँदै हाल पालिका,नगर र जिल्लामा रहेका मुक्त कम्लहरीहरुको सञ्जाललाई सक्रिय बनाएर उनीको भुमिका तथा पहुँच बढाउने बताएकि छिन् । उनले पालिका तथा नगरपालिकामा कम्लहरीहरुको डाटा अपडेट गरी प्रतिवेदन तयार पारेर सहयोग गर्ने तथा स्थानीय सरकारले बनाउने नीति,कार्यक्रम तथा योजना निमार्णमा उनीहरुको पहुँच पुर्‍याउने कार्यक्रमको मुल उद्देश्य रहेको बताइकि हुन् । उनले त्यसका लागि पहिलो चरणमा पालिका,नगर,जिल्ला हुँदै प्रदेश स्तरमा संवाद कार्यक्रम राखेको बताइन ।मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कम्लहरीको समस्या अन्त्यका लागि शिक्षामा पहुँच पुर्‍याउन आवश्यक रहेको बताएका छन् । प्रमुख अतिथि चौधरीले जव सम्म शिक्षामा कम्लहरीहरुलाई दक्ष बनाउन सकिदैन तव सम्म समस्याको समाधान हुन नसक्ने बताए ।कार्यक्रममा दाङ,बाँके र बर्दियाका मुक्त कम्लहरीहरको सहभागीता रहेको थियो । मञ्चका कार्यकारी निर्देशक अमित घिसिङ तमाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परियोजना निर्देशक सुबोध कुमार चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]