शिवु खनाल/लमही मंगलबार, मंसिर १८, २०८१

दाङ । लायन्स क्लव अफ लमहीको आयोजना एवं महिला पतञ्जलि योग जिल्ला समिति दाङ, पतञ्जलि योग लमही नगर समिति, महिला पतञ्जलि योग लमही नगर समितिको सह–आयोजनामा पाँचदिने बृहत् योग शिविर संचालन हुने भएको छ ।

मंसिर १९ गते देखि २३ गतेसम्म लमहीको सार्वजनिक बगैँचामा स्थित बहान ६ः०० देखि ४ः३० बजेदेखि ६ः३० बजेसम्म दुई घण्टा शिविर संचालन गरिने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गरौँ योग, रहौँ निरोग सामाजिक सेवाको मुल मन्त्रलाई आत्मसाथ गर्दै, आयोजित शिविरमा पतञ्जलि योग युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहने पत्रकार सम्मेलनमा लायन्स क्लव अफ लमहीका अध्यक्ष सहना श्रेष्ठले जानकारी दिइन् । अध्यक्ष श्रेष्ठले योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उनले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको उनले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाल लगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले जानकारी दिइन् । शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने अपेक्षा छ । विद्यालय तहमा योग र संस्कृत शिक्षालाई अनिवार्य गरेर चर्चामा आएको लायन्स क्लव अफ लमहीले लमहीको सार्वजनिक बगैँचा र लमही नगरपालिका नगर क्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा निःशुल्क योग शिविर संचालन गर्न लागेको अध्यक्ष सहना श्रेष्ठले बताइन् ।

त्यस्तै उनका अनुसार यस अवसरमा शिक्षक विद्यार्थी, राजनीतिकर्मी, नगर कार्यापालिकाका पदाधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज तथा योग प्रेमीसमेत योग शिविरमा तीन हजार बढीको सहभागिता हुने अपेक्षा गरिएको लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले जानकारी दिइन् । योग समिततिले लमहीको सार्वजनिक बगैँचा र विद्यालयमा विगतदेखि प्रत्येक दिन बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म नियमित योग अभ्यास गराउदै आएको छ । नियमित अभ्यासको समापनपछि नवौँ विश्व योग दिवसको उद्घाटन गरिने नगरपालिकाको तालिका छ । करिब तीन घण्टा लामो योग कार्यक्रमलाई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार तीन चरणमा विभाजन गरिएको छ ।

यसैको आभास गराउन सहभागीलाई पहिलो चरणमा विभिन्न आसनको अभ्यास गराइने तालिका मिलाइएको लायन्स क्लव अफ लमहीका सचेतक कृष्ण श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा पाँच सक्षम व्यायाम र अन्त्यमा पाँच प्रकारका प्रणायामको अभ्यास गराइने छ ।
करिब तीन घण्टा लामो योग शिविरमा कपालभाती, अनुलोम विलोम, भ्रामरी, शीतली लगायतका अभ्यासका साथै त्रिकोणासन, ताडासन, भद्रासन, वज्रासन लगायतका जीवनोपयोगी आसनको प्रशिक्षणका साथै भावपूर्ण प्रार्थनाको समेत अभ्यास गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

यस्तै उनका अनुसार यसका लागि पतंञ्जली योग लुम्बिनी प्रदेश प्रभारी (अध्यक्ष) प्रेस शाह, पतंञ्जली योग युवा नेपाल समितिको राष्ट्रिय योग शिक्षक नवराज खत्री, पतंञ्जली योग दाङ जिल्ला प्रभारी (अध्यक्ष) उदय डाँगी र पतंञ्जली योग लुम्बिनी प्रदेश प्रशिक्षक विभाग प्रमुख दिपक बस्याल योग गुरुले यसको अभ्यास गराउनुहुने भएकाले यसप्रति सर्वसाधारणको उत्सुकता र आकर्षण बढेको बताए।

त्यसैगरी लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाका अनुुसार योग गुरुले आसन र प्राणायामको परिचय, त्यसबाट हुने फाइदा र अभ्यासका तरिकाबारे प्रयोगात्मक ढङ्गले प्रशिक्षण दिनुहुने भएकोले पहिलोपटक हुन लागेको वृहत् योग शिविरमा सबैको सहभागिताका लागि आग्रह गरे । “शरीर, मन, बुद्धि र आत्मशुद्धिका लागि अपरिहार्य मानिएको योगाभ्यासलाई जनस्तरसम्म फैलाउने उद्देश्यले लायन्स क्वल अफ लमहीले निःशुल्क योग शिविर आयोजन गर्न लागेको हो । लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले भने,– ‘यसका लागि सबैको साथ, सहयोग र शुभेच्छा र सहभागिताका लागि आग्रह गर्दछु ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]