Sidha Patra मंगलबार, मंसिर १८, २०८१

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व वन तथा वातावरण मन्त्री अर्जुन केसीले मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

शान्ती पुनर्स्थापना गृह कपिलवस्तुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कानुनको पुर्ण रुपमा पालन भए अपराधीक गतिविधि निर्मुल हुने बताए । केसीले पिआरसीले गरेको कार्य जस्तै अन्य संघ-संस्थाले सामाजिक क्रियाकलाप बढाए गलत क्रियाकलाप हटने र अभिभावकले आआफ्नो सन्तानलाई सहि बाटोमा डोर्‍याउन सके समाज सुधिर्ने बताएका छन् ।

शान्ती पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले चेलीबेटी बेचबिखान कार्य विकराल रूपमा बढ्दै गएको बताए । अध्यक्ष सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचीने गरेको उनले बताए ।

त्यस्तै जिल्ला समन्वय समितिको सभापति बाबुराम आचार्यले कपिलवस्तुका सबै स्थानीय तहहरूले चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाउनुपर्ने धारणा राखे । समाजमा अशिक्षा, चेतनाको कमीले गर्दा यस्ता अपराधिक क्रियाकलाप बढ्दै गएकोले सबैले मिलेर सामना गर्नुपर्ने आचार्यले बताए ।

समाजिक परीक्षण कार्यक्रममा बोल्दै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उपप्रमुख आरतीदेवी चौधरीले मानव बेचबिक छन् विरुद्ध पालिका लागेको बताए । पालिकाले चेलीबेटी विरुद्ध समयसमयमा विभिन्न अभियान चलाउँदै आएको जानकारी दिए ।

कपिलवस्तुको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सशक्त रुपमा लैजानुपर्ने धारणा राखे ।
उनले भनिन् ,हाम्रो समाजमा अझै पनि विभिन्न बहानामा हाम्रा चेलीहरू बेचिएका छन् । यस विरुद्ध सुन्ने सहनशीलता कायम गर्नुपर्छ । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले विभिन्न बहानामा विदेशमा बेचिएका चेलीबेटीलाई सहज रुपमा उद्धार गरेकोले शान्ति पुनःस्थापना गृहलाई धन्यवाद व्यक्त गरे । पोखरेलले भने युवाहरु नेपालमै उद्यमशील गरेर नेपालमै रोजगार बन्न सकिन्छ यसका लागि सरकार गम्भीर बन्नुपर्छ । गैरसरकारी संस्था महासङ्घको प्रदेश उपाध्यक्ष सुशिला बेलबासेले संघसंस्थाले समाजिक क्रियाकलाप गर्दै चेलीबेटी बेचबिखन विरुद्ध सशक्त अभियान चलाएको छ यसमा यस अभियानमा सबैले हातेमालो गर्न जरुरी देखिन्छ ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रमुख सुरज क्षेत्रीले सिमा नाकामा कडाई गरेको जानकारी दिए । उनले सिमा नाकामा हुने अपराधिक गतिविधिलाई निर्मूल पार्दै गइरहेको बताए । समाजिक परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०। ८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको बताए ।

यस्तै कार्यक्रम सुपरभाइजर तिमिल्सिनाले यस आर्थिक वर्षमा आर्थिक वर्ष २०८०८१ मा कुल ९ हजार ८ सय २२ जनालाई सूचना तथा परामर्श दिएको बताए । कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह्का पदाधिकारीहरू, कपिलवस्तुका जनप्रतिनिधिहरू, नेपाल, भारतका पत्रकारहरु, विभिन्न संघसंस्थामा आबद्ध भएका प्रतिनिधिहरु सहभागी थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]