
Fmb
Ssb
Csb
Gsb
Rks
Ksb
Ksb
Usb
Nsb
Ppu
Rsb
Ksb
Tgp
Ssb
jsb
Bsn

Tsb
Hl1
Usb
Ssb
Gsb

Nps
ptl
Rgu
काठमाडौं । बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार खारेज गरिदिएको हो ।
त्यस्तै “केही दिन सम्झौताको अवधि बाँकी रहेको भन्दै त्यतिन्जेलसम्म रोकिदिनका लागि निषेधाज्ञाको रिट परेको थियो । मंगलबार रिट खारेज हुने आदेश भएको उच्च अदालत विराटनगरको इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले भने ।
रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसाईकाे पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ । पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो ।
त्यस्तै प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए । यतिबेला प्रसाइ प्रहरी हिरासतमा छन्। धम्क्याउनेदेखि सम्पति शुद्धिकरणसम्मको आरोप उनीमाथि लागेको प्रहरीले जनाएको छ ।
