काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।
शुक्रबार आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस अघि गृह मन्त्रालयले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यस्तै सिंह प्रहरी प्रधान कार्यालय,प्रदेश समन्वय विभाग,नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग,कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् । सिंह ७१.९०५० प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका थिए । ढकालको प्राप्ताङ्क ७०.९९६६ थियो ।