Sidha Patra शनिबार, पौष ०६, २०८१

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन ।

रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए ।प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए । ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउछ । तिलौराकोट देखी नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’उनले भने,‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासंग जोड्नेगरी यो अवधारणा हामिले अघि सारेका हौं । बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’

त्यस्तै पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्नेगरी अघि बढाउन आवश्यक रहेको भनाई उनकाे छ । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृती तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताए।‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा संक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘काठ र स्थानीय सामाग्रीको प्रयोग गरेर आकृती बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’

यस्तै प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखी कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको जानकारी मुख्यमन्त्री आचार्यले दिए । बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न आह्वान गरे।‘देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न जरुरी छ’उनले भने,‘यसकालागि समुदायको सक्रियता, तपाईहरुको सक्रियता बढ्न जरुरी छ ।’ सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हुदा एउटा पर्यटकीय गन्तब्य बन्न सफल भएको समेत बताए ।

बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्नेउद्देश्यले काठबाट विभिन्न आकृती निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्येक्ष जोडिएका छन् । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्मारिका समेत विमोचन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]