शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, पौष ०६, २०८१

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको वन तथा वातावरण र जैविक विविधताको संरक्षणमा काम गर्दै आएको चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार गढवानमा सुम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सबै शेयर सदस्यहरुको सामुहिक सहकार्य र अपनत्ववोधबाट मात्र सहकारीले समुन्नत दिशा लिन सक्ने बताइन् । पालिका क्षेत्रमा रहेका धेरै समान उद्देश्य भएका सहकारीहरु मर्ज गरेर सहकारी ऐन नियमावली र मार्गदर्शन बमोजिम नियम र पद्धतिमा रहेर सञ्चालन गर्न उनले आह्वान गरिइन् ।

सहकारीहरुको माध्यमबाट किसानहरुलाई समयमै मलखाद उपलब्ध गराउन सक्नु महत्वपुर्ण उपलब्धि भएको भन्दै चुरे सहकारीको वन, वातावरण र जैविक विविधता संरक्षणको उद्देश्य रहेको कार्यक्रममा उनले बताइन् ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवले सबै सहकारीहरुले मापदण्ड बमोजिम समयमै साधारणसभा सम्पन्न गर्न र आय–ब्ययको लेखा परिक्षण गरि स्थानीय सरकारलाई रिपोर्ट पेशगर्न आह्वान गरे । कुनैपनि सहकारी संस्थाहरुले मापदण्ड बमोजिम काम गर्न नसकेमा स्थानीय सरकारले नियमन र अनुगमनको पाटोलाई प्रभावकारी ढंगले लैजाने बताए ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण समन्वय समितिका अध्यक्ष पुष्पा यादवले वन तथा वातावरण र जैविक विविधताको संरक्षणमा चुरे सहकारीसंगको सहकार्य महत्वपुर्ण रहेको बताइन् । कार्यक्रममा वन तथा वातावरण संरक्षण समन्वय समितिका संस्थापक अध्यक्ष तथा गैसस महासंघ लुम्बिनीका सदस्य उमाकान्त पन्त, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम गहतराज,जनप्रतिनिधी कमला नेपाली,पूर्व लेखा सदस्य तथा समाजसेवि बुद्धिजिवी तेजप्रसाद न्यौपाने र घोराहा खानेपानीका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी लगायतले शुभकामना दिएका थिए ।

साधारणसभामा उत्कृष्ट बचतकर्ताहरु फूलमती यादव,रामदास बुढाथोकी,सुन कुमारी चौधरी,राम बहादुर चौधरी,मनामी चौधरी,वेल कुमारी घिमिरे, नियमित किस्ता बुझाउने हिरामणी चौधरी,हरीराम यादव,कमला नेपाली र उत्कृष्ट शेयर शुसीला चौधरी, केशव कुमार चौधरी तथा साबित्री कुमारी खड्कालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।संस्थाका सचिव नेत्रविनोद शर्माले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष हुकुमराज यादवले आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । भागवत प्रसाद यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हुकुमराज यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]