Sidha Patra शनिबार, पौष ०६, २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारु समुदायको संस्कृति,रीतिरिवाज र परम्पराको संरक्षण र संवर्द्धनका लागि माघ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भूह्याँर थानको संयुक्त आयोजना तथा महटवा महासंघ तुलसीपुरको सह-आयोजनामा माघ महोत्सव आयोजना हुने भएको हो । थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बरका अध्यक्ष मोहन कुमार थारु (धरकट्वा) ले परापूर्व कालदेखि रही आएको थारुहरुको महत्वपूर्ण ऐतिहासिक संस्कार र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गरिएको बताए ।

त्यस्तै थारु भाषा संस्कृति भेष भुषा हमार पहिचान, संरक्षण सम्वर्द्धन ओ विकास कर्ना हमार अभियान भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको उनले जानकारी दिए । महोत्सवका अवसरमा पुस २३ र २४ गते विशेष कार्यक्रमहरुको आयोजना गरिने छ । २३ गते धुमरु गीतको प्रस्तुति हुनेछ भने २४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिए ।

तुलसीपुर–५ जबरपुरमा रहेको नमूना भूह्याँर थान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीले थारु समुदायको पहिचानसँग जोडिएको गीत,रीतिरिवाज, चालचलन र भाषाको संरक्षणका लागि महोत्सवको आयोजना गरिने बताए । उनले पछिल्लो समय थारु समुदायको परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोले त्यसको संरक्षण र सम्वर्द्धनका लागि यो महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

यसैबीच महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । आर्थिक सङ्कलन समितिमा इन्द्रजित थारु, नारायण चौधरी, आशा चौधरी,गणेश चौधरी,लोकजन चौधरी,श्रीराम चौधरी,श्रमलाल चौधरी,दिल्लु चौधरी र लालबहादुर चौधरी रहेका छन् । पाहुना सत्कार समितिमा जिवराज चौधरी,बासुदेव चौधरी,शम्भु प्रसाद चौधरी, कमला चौधरी,जगधनी चौधरी र छोटिलाल चौधरी रहेका छन् ।

त्यस्तै मञ्च व्यवस्थापन समितिमा अर्बिन चौधरी, कुमार चौधरी,शङ्कर चौधरी,नन्दलाल चौधरी र सुर्दशन चौधरी रहेका छन् । यसैगरी,सांस्कृतिक व्यवस्थापनमा मोहन चौधरी,मन कुमारी चौधरी, सुनिता चौधरी र अनिता चौधरी,प्रचारप्रसार समितिमा सरिता चौधरी,उदिराम चौधरी,हिरालाल चौधरी र सन्दिप चौधरी रहेका छन् । यस्तै भान्सा व्यवस्थापन समितिमा विष्णु चौधरी,राम कुमारी चौधरी र जङ्ग बहादुर चौधरी छन् भने स्वयंसेवकमा सत्यनारायण चौधरी र गोपिलाल चौधरी रहेको मुल आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]