दाङ । गढवा स्थित परि कृषि सहकारी संस्थामा भएको लामो प्रयासपछि हरी प्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
नव निर्वाचित समितिलाई निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराईएको निर्वाचन संयोजक अशोक कुमार यादवले जानकारी दिए । गत मंसिर २२ का दिन यस सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न भएको थियो ।
साधारणसभाले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन समिति गठन गरि निर्वाचनका कार्यक्रम अगाडी बढाईएको र मनोनयन दर्ता प्रकृयामा पुगेपछि दलिय सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । यसैविच शुक्रवार नवनिर्वाचित टिमलाई एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको छ ।
निर्वाचन समितिका संयोजक तथा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका हुकुमराज यादव, नेकपा एमाले गढवाका अध्यक्ष खिमबहादुर बुढा मगर, नेकपा माओवादी केन्द्रका तिलक घिमिरे, संस्थाका निवर्तमान अध्यक्ष दामोदर ढुंगाना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
त्यस्तै निर्वाचन समितिका सदस्य नवराज देवकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन कमिटी सदस्य रम्भूनाथ चौधरीले गरेका थिए ।
नवनिर्वाचित उपाध्यक्षमा शिवलाल पोख्रेल, सचिव तिलकराम यादव, कोषाध्यक्ष भिम रिजाल र सदस्यहरुमा एम्मे बहादुर बस्नेत, सनोज कुमार यादव, सुमित्रा चौधरी, रोशन यादव र रिता थापा रहेका छन्। यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक चित्रबहादुर खड्का र सदस्यहरुमा मोहन बुढा तथा शान्ता आचार्य जिसी निर्विरोध चयन भएका छन् ।
यस सहकारी संस्थामा यसअघि दामोदर ढुंगाना अध्यक्ष र तारा ढुंगाना सचिव रहेका थिए । कुल एक हजार चारसण् त्रियानब्बे शेयर सदस्यहरु रहेको यस सहकारी संस्थाले बचत तथा ऋण कारोवार संगै गढवा क्षेत्रमा किसानहरुलाई मलखाद खरिदको सुविधा प्रदान गर्दै आएको छ ।