दाङ । गढवा गाउँपालिका वडा नम्बर–८ खबरीनाका निवासी अमृता घर्तिले स्थानीय सरकारले कोईलाबासमा आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाईमा नाकाका वस्तिहरुमा टेलिकम टावर र बाटो बनाईदिन सरकारलाई आग्रह गरे ।
फोन गर्नु पर्यो भने कि त १ घण्टा हिडेर डाँडामा चढ्नु पर्छ कि त भारतिय सिमकार्य प्रयोग गरेर गर्नुपर्छ । गाउँमा कोहि मानिस बिरामी परेभने एम्बुलेन्स चल्ने बाटो नहुँदा अकालमै ज्यान गुमाउनु परेको वाध्यता छ–स्थानीय सरकारले हाम्रो समस्या बुझीदिनु पर्यो घर्तिले बडो संबेदनशिल भएर गुनासो पोखे ।
कोइलाबास बजार वाहेकका नाकाहरु मुसि, खबरी, सिसौरा, घङ्राल र भौंरीसाल नाकाका नागरिकहरु टेलिकमको टावर र बाटो नहुँदा सास्ति खेपेको मुसीनाका निवासी गोपाल थापाले बताए । मुसीनाकामा खानेपानी र बिजुली बत्तिको ठूलो समस्या थियो गाउँपालिकाले यो समस्या हल गरिसकेको छ अब टेलीकम टावर र एम्बुलेन्स चल्नसक्ने बाटो चाहियो–नाकाका अधिकांश वासिन्दाहरुले सार्वजनिक सुनुवाईमा बाटो र टावर मागे ।
त्यस्तै पुरानो जमानामा राप्ती अञ्चलकै पुरानो निकै चल्तीको कोइलाबास बजार कोइलाबासलाई पुर्नजिवन दिन स्थानीय सरकारले यहाँको पर्यटन बिकास र ब्यापार ब्यवसाय स्थापित गर्न पहल गर्नुपर्ने स्थानीय नागरिकहरुको आग्रह रहेको छ । कोइृलाबासमा एउटा पनि बैक नहुँदा हामीलाई बैंकिङ कारोवार गर्न गढवा लमही धाउनु परेको छ–स्थानीय अनिसुल रहमानले गुनासो गरे –बैंक ल्याउन गाउँपालिकाले पहल गर्नुपर्यो । कोइलाबासमा बसेको ३÷४ पुस्ता बिति सक्यो तर हामीहरु नेपाली भूमीमा जिवन बिताउदा पनि नागरिकताबाट वञ्चित भयौं, अहिलेसम्म नेपाली नागरिकता पाईएन–स्थानीयवासी सोनी सिद्दिकीले सार्वजनिक सुनुवाईमा स्थानीय सरकारसंग गुनासो पोखे ।गढवा गाउँपालिकाको आयोजना र आविश्कार मिडिया प्रालिको समन्वय साझेदारीमा सार्वजनिक सुनुवाई गरिएको हो । गढवा गाउँपालिकाले भौगोलिक रुपमा पिछडिएका बिभिन्न वडाहरुमा सार्वजनिक सुनुवाई सञ्चालन गर्दै स्थानीयहरुका समस्या पहिचान र समाधान गर्दै आएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । अध्यक्ष पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले गाउँपालिकाले प्रदान गरेका सेवा सुविधा, बिकास निर्माणका कामहरु, राजश्व संकलनको अवस्था, सेवा प्रवाहको गुणस्तरियता र पहिलो चौमासिकको बजेट खर्च विवरण लगायतको बिस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा नागरिकहरुले उठाएका गुनासाहरु संबोधन गर्दै अध्यक्ष पोखे्रलले गाउँपालिकाले गरेका विगतका कामहरुको समिक्षा र आगामी कामका लागि फिडब्याकका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको र नागरिकहरुले राखेका समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नाका क्षेत्रहरुमा सडकको गुणस्तर बढाउन र टेलिकम टावरका लागि केन्द्रमा पहल भै रहेको र वन क्षेत्रको वाटो भएकाले माथिल्लो लेभलबाटै यो समस्या समाधान हुन सक्ने बताए ।
कोइलाबासमा पर्यटन बिकास जरुरी रहेको भन्दै यस बिषयमा गाउँपालिकाले पहल गरिरहेको र केहि कामहरु सम्पन्न समेत गरेको बताए । निजी क्षेत्रसंगको समन्वयमा कोइलाबासलाई थप बिकासको गतिमा अगाडी लैजान स्थानीय सरकारको तर्फबाट पहल भैरहेको कार्यक्रममा उनले बताए ।
त्यस्तै कार्यक्रममा नागरिकहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिदै गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, वडा अध्यक्षहरु लेखबहादुर थापा,अब्दुल खालिक सिद्दिकी,शिक्षा शाखाका प्रमुख श्याम बिक,स्वास्थ्य शाखाका प्रमुख कैलास चौधरी,महिला तथा वालवालीका शाखाका प्रमुख पे्ररणा चन्द लगायतले बोलेका थिए । सार्वजनिक सुनुवाईमा मुक्त कम्लरी बिकास मञ्चका कार्यक्रम संयोजक ज्ञानु थापा,हिमाल महिला सहकारीका अध्यक्ष सिता थापा, जनता माबि गढवाका अध्यक्ष गणेश कुमार कुमाल,गढवा उद्योग बाणिज्य संघका कमला केसी,गढवा होटल ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय,आधारभूत बिद्यालय कक्रहवाका प्रअ दिपेन्द्र खड्का,स्थानीयहरु अब्दुल अहद सिद्दिकी,अमृता घर्ति मगर,अनिसुल रहमान, हरिहर प्रसाद शर्मा,सोनी सिद्दिकी,चुन्न मकाली लगायतले प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममो सहजिकरण पत्रकारहरु शिबराज पन्थी, दुखहरण यादव र आविश्कार मिडिया प्रालीका कृष्ण पन्थी,उमानाथ यादव र पुष्पा पौडेलले गरेका थिए ।