दाङ । गढवा गाउँपालिकामा सुरक्षित आवास परियोजनामार्फत बिपन्न परिवारलाई नयाँ जीवन दिईएको छ ।
देउखुरीको गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्थाको संयुक्त साझेदारीमा संचालन भईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण परियोजना (SWFH) अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ३, वडा नम्बर ५ र वडा नम्बर ६ मा निर्माण भएको घरमा गृह प्रवेश, घर हस्तान्तरण, अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
करिव एक वर्षदेखि गढवा गाउँपालिकामा सञ्चालित बिपन्न,सिमान्तकृत,अपाङ्गता भएका र अल्पसंख्यक समुदायका एकल महिला,१६ वर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बास नै छैन ति परिवारका लागि ‘महिला परिवारलाई सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण परियोजना’ अन्तर्गत भुकम्प प्रतिरोधात्मक घर चर्पी सहितको आवास निर्माण गरी गृह प्रवेश कार्यक्रम साथै अनुगमन तथा अवलोकन गरिएको हो ।
गृह प्रवेश कार्यक्रम साथै अनुगमन तथा अवलोकन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मा,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा र ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी,गढवा गाउँपालिका लेखा शाखाका प्रमुख दानविर चौधरी,गढवा गाउँपालिका इन्जिनियर बिनय कुमार यादव,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द,अन्य साझेदार संस्थाका कर्मचारी,पत्रकार,स्थानीय लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै साझेदारीमा गढवा गाँउपालिकाको तिन वडा वडामा ४ घर निर्माण भई परिवार हस्ताक्षर भैसकेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ क्याम्पस डाँडामा बस्दै आएकी करिव ५५ बर्षिय मायादेवी चौधरीको घर बन्दा र पक्की घरमा बस्न पाउदा नयाँ जिवन पाएको अनुभूति भएको बताइन् । चौधरीको करिव ७ वर्ष पहिले श्रिमानको मृत्यु पश्चातको दैनिक उपभोग्य सामान कष्टकर बन्दै गएको बताइन् ।
यस्तै दुई भाई छोरा आई खाना लाउन धौधौ पर्छ घरको त के कुरा,पक्कि घर त अब जिवनमा कहिल्यै बन्दैन होला तर छोराहरुको भविष्यको बारेमा रातदिन सोच्ने गरेको बताउछिन् । तर गढवा गाउँपालिकाले विभिन्न साझेदार संस्थाहरुसंग साझेदारीमा दुई कोठे पक्की घर चर्पी बनाईदिदा मायावति चौधरी खुसीले गदगद भएकी छिन् । साथै आफ्ना दुई सन्तानलाई पठनपाठनको व्यवस्था गरिदिन गढवा गाउँपालिका अध्यक्षलाई अनुरोध समेत गरिइन।
त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ५ बाकीकी डेसु चौधरीको पनि अनुहारमा मुस्कान देखियो । जिर्ण अवस्थामा रहेको घर त्यसैमा ससुरा,आफु र आफ्नी २ छोरी बस्दै आएको तर गढवा गाउँपालिकाले साझेदारी संस्थाहरुसंग सहकार्य गरेर भुकम्प प्रतिरोधात्मक घर,चर्पी सहितको आवास निर्माण गरी गृह प्रवेश कार्यक्रम गराउदा हर्सित देखिए ।
गृह प्रवेश,घर हस्तान्तरण,अनुगमन तथा अवलोकन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाले बिपन्न, सिमान्तकृत,अपाङ्गता भएका र अल्पसंख्यक समुदायका एकल महिला, १६ वर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बास नै छैन ति परिवारका लागि ‘महिला परिवारलाई सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण परियोजना’ अन्तर्गत भुकम्प प्रतिरोधात्मक घर चर्पी सहितको आवास निर्माण गरी गृह प्रवेश कार्यक्रम गर्न पाउदा खुसी भएको र पालिकाको उद्देश्य अनुरुप काम भएको बताए ।
त्यस्तै यो वर्ष जति काम भए उत्कृष्ट र उदाहरणीय कार्य भएको बताउदै आगामी वर्षमा थप वजेट विनियोजन गरेर धेरै संख्या घर निर्माणको कार्यलाई अघि बढाउने बताए । साथै गृह प्रवेश गरिएका परिवारका स-साना बालबालिकाहरुलाई नि:शुल्क पठनपाठनको लागि आफुले बन्दोबस्त मिलाउने बताए । बिपन्न,सिमान्तकृत, अपाङ्गता भएका र अल्पसंख्यक समुदायका एकल महिला, १६ वर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बास नै छैन ति परिवारलाई कसरी संरक्षण गर्ने कसरी शिक्षा स्वास्थ्य र आवासको ब्यवस्थापन गर्ने बारे आफुहरु गम्भिर भएको बताए । ग्रामिण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्थाको संयुक्त साझेदारीमा आउने दिनमा अझै समस्या पहिचान संगै समाधान गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममामा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यान्द शर्मा सहितले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको नेतृत्वमा पालिकाले उदाहरणीय कार्य गरिरहेको बताए । गढवा गाउँपालिकाले महिला शसक्तिकरण, कृषकका लागि, युवाको क्षेत्रमा, पशुपालक किसानको क्षेत्रमा नमुनाका अघि बढाएको बताउदै तारिफ समेत गरे । साथै ३ वडामा निर्माण भएका घर वडाध्यक्षहरुबाट एकदमै सुझबुझ र सही घर/परिवार पहिचान गरेको भन्दै धन्यवाद समेत दिए । जुन परिवार छनौट गर्यो वडाले पालिकाले त्यो एकदमै जायज छ,यसरी नै समस्यामा भएका परिवारलाई छनौट गरी समस्यामुक्त गर्नु पर्ने बताए ।
कार्यक्रममा ३ नम्बर वडा तुल्सीराम अधिकारीले एक घर निर्माण संगै अन्य घर निर्माणमा सहयोग र समन्वय गर्न ग्रामीण महिला उत्थान केन्द्र र गढवा गाउँपालिकालाई अनुरोध समेत गरे । यस्तै वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले घर निर्माण गर्नु पुर्व घरधनीको नाममा जग्गा हुनुपर्ने प्रावधान अनुसार घरधनीको नाममा आउनुपर्ने कार्य उत्कृष्ट भएको र त्यसको लागि मालपोत कार्यालय सम्म पुगेर प्रक्रिया पुरा गरी घर निर्माणको प्रक्रिया अघि बढेको र गृह प्रवेश गराउन पाउदा अत्यन्त खुसी भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र घोराहीकी अध्यक्ष आसमानी चौधरीले गढवा गाउँपालिका वडा नम्बर ३ मा सरिता चौधरीको गृह प्रवेश कार्यक्रम सम्पन्न गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताइन् । घर छनौट प्रक्रियामा वडा कार्यालय,गढवा गाउँपालिकाका जनप्रतिनिधिहरुले जुन भुमिका निर्वाह गर्नु भयो त्यसको लागि धन्यवाद दिन चाहन्छु चौधरीले हनिन् । तिनपक्षिय सहयोग समन्वय र सहयोगमा घर निर्माण भएको बताइन् । आवश्यकता अनुसार आउने दिनमा घरको डिजाइन फेरबदलमा सोच्ने बताए । कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी पार्वती बस्नेतले गरेकि थिइन् ।