इराधा झाक्री मगर आइतबार, पौष १४, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला संघ भालुबाङले राप्ती गाउँपालिका वडा -८ पिपरिमा रहेको निलसागर सेवा आश्रमलाई नगद र खाद्यान्न गरि कुल २९ हजार बढीको राहत शुक्रबार आश्रममा पुगेर प्रदान गरेको छ ।

गत तिहार पर्व २०८१ सालको भैलो खेलेर बचेको केही रकमबाट राप्ती ८ मा रहेको निलसागर सेवा श्रमलाई नगद र जेन्सी खाद्यान्न तथा सामाग्रीहरु गरि कुल २९,हजार ९ सय ९९ रुपैया बराबरको राहत बितरण गरेको हो । जस्मा चामल, मिस्रत दाल,चिनी, स्वाबिन,तेल,आलु, चियापत्ती, बिस्कुट, सरफ,मसुरो दाल लगायत बितरण गरिएको छ ।

मगर महिला संघ भालुबाङको अध्यक्ष बिस्पुरा घर्ती मगर,उपाध्यक्ष सुनसरि घर्ती मगर,सचिब इराधा झाक्री मगर,सह – सचिब सरस्वती पुन मगर, कोषाध्यक्ष छमिदेबी पुन मगर,सदस्य सुन्ती बुढा मगर,सदस्य प्यारी घर्ती मगर,सदस्य भुमिसरा बुढा मगर र सदस्य हितपुरा पुन मगर सहित ५१ जना सदस्य रहेको संस्थाका मगर महिलाहरुको उपस्थितीमा राहात बितरण गरिएको हो ।

राहत बितरण कार्यक्रममा बोल्दै निलसागर सेवा श्रमका अध्यक्ष गरिबु चौधरीले मगर महिला संघलाई धेरै धेरै धन्यवाद दिए । साथै मगर महिला संघ परिवारको साथमा पत्रकार महेश रिजाल र मुक्तिराम पौडेलको पनि उपस्थिती रहेको थियो ।

मगर महिला संघ भालुबाङ सधैब दिनदुखीहरुको निम्ति सहयोगी भाव बोकेको संस्था हो । २०७२ साल साउन १२ गते नेपाल मगर महिला संघ भनेर गठित भएको संस्था हाल आएर मगर महिला संघ भनेर नेपाल सरकारमा दर्ता भए वैधानिकता रुपले संचालित रहेको छ । भालुबाङबासी महिलाहरुले अब केही गर्नु पर्छ भनेर चलाइमान संस्थाले समग्र महिलाको प्रतिनिधित्व हुने गरि काम गर्दै आएको संघले जनाएको छ ।

त्सस्तैगरि संगठित महिला संघले प्रती ब्याक्ती १०० रुपैया जम्मा गरि त्यसको वार्षिक ब्याजले दिन दुखिहरुको घाउमा मलम पत्ती लगाउने थाल्यो । फेरि दोस्रो वर्षबाट प्रती ब्याक्ती ३०० उठाउन थाल्यो । त्यस्को ब्याजबाट र देउसी-भेलो खेली, विवाह, महोत्सव,तीज प्रतियोगिताहरुमा भाग लिएर, भात खुवाईमा गएर जम्मा गरेको पैसाले मुटु रोगी,ब्रेन ट्युमर, बोनम्यारो,मृगौला फेल,मृगौला बिग्रेका, क्यान्सर, अशक्त, अपाङ्ग,बेसाहारा,गरिब लगायतका संस्था र ब्यक्तिगरि २५ औं पटक अन्तरगत यो राहत सहयोग वितरण गरिएको छ ।

मगर महिला केबल हेराईमा जातियता संस्था देखिए पनि समग्र महिला दिनदुखिहरुका लागि फराकिलो सोचका लागि समाजको हित हुने गरि कामगरि रहेको छ । उक्त नेपाल मगर महिला संघमा रोल्पा, प्युठान,गुल्मी,अर्घाखाँचीबाट झरेका बासिन्दाहरु रहेका छन् ।

यसैगरी मगर महिलाको जागरुकता,एकरुपता र समाज हितको निम्ति काम गरेको देखेर स्थानीय सरकारको थोरै भएपनि ध्यान तान्ने अबसर मिलेको छ । संघीय सरकारको बजेटबाट राप्ती गाउँपालिकाको समन्व्यमा हाते तानबाट कपडा बुन्ने ढाका उद्योग तालिम र प्रबिधि हस्तान्तरण गरी श्रमिक सहकारी साथमा रहेर यहीँ मगर महिला संघ भित्रका सदस्यहरुबाट संचालित रहेको छ । आगामी योजना बेरोजगार महिला,श्रीमानको कमाइमा बाच्नु भन्दा आफै कमाउने बाताबरण सिर्जना गर्ने मगर महिला संघ भालुबाङको उदेश्य रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]