आलोक भाबुक/गढवा मंगलबार, पौष १६, २०८१

दाङ । घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ ।

प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुद्ध खानेपानीका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । यस्तै उनले घोराहा खानेपानी योजनाको सम्पूर्ण काम प्रदेश सरकारको एकल लगानीमा सम्पन्न गर्ने बताए । पहिले ५० लाख बजेट विनियोजन भैसकेको र आर्थिक वर्ष २०८१/०८२ का लागि पनि २५ लाख रुपैयाँ लुम्बिनी प्रदेश सरकारबाट बिनियोजन भैसकेको जानकारी दिँदै सभा सदस्य थारुले घोराहा खानेपानीको योजना आफुले प्रदेशकै बजेटले सम्पन गर्ने बताए ।

त्यस्तै शुद्ध खानेपानी पिउन पाउने हरेक नागरिकको अधिकार भएको बताउदै सभा सदस्य थारुले हाम्रो शरीरमा ७० प्रतिशत पानीको मात्रा हुने भएकोले शुद्ध पानी बिना स्वास्थ जिवनको परिकल्पना गर्न नसक्ने बताए । आफुहरले भ्रष्टाचारीहरुको बिरुद्धमा अभियान चलेको बताउदै बजेट चुहावट रोक्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । बजेट अभावलाई न्युनिकरण गर्न भ्रष्टाचार अन्त्य हुन जरुरी रहेको बताए ।

त्यसैगरी प्रथम वार्षिक साधारण सभामा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले घोराहा खानेपानीको हकमा प्रदेशले सम्बोधन गर्न नसक्ने ठाउँमा गढवा गाउँपालिकाले बजेट बिनियोजन गर्ने बताए । गढवा गाउँपालिका भरीका खानेपानी स्वच्छताको लागि मापन गर्ने र सुद्धिकरण गर्नका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गरेको बताए । खानेपानी योजनाको लागि पाईपलाइन बिस्तारको काममा बजेट बिनियोजन गर्न नपाउने कानुनी प्रावधान रहेकाले पाईपलाइन बिस्तारको काम उपभोक्ताबाटै गर्नु पर्ने बताए । पाईपलाइन बिस्तारमा दीर्घकालिन सोचका साथ कार्यक्रम गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेले दाङमा ४४ प्रतिशत जनता शुद्ध खानेपानीबाट बञ्चित भएको बताए । शुद्ध खानेपानीका धारा जडानका लागि कार्यक्रमहरु अभियानको रुपमा अघि बढाउनु पर्ने बताउदै सिमित स्रोत साधनको अत्याधिक प्रयोग गरेर शुद्ध खानेपानी व्यवस्थापन गर्ने तर्फ जोड दिनुपर्ने बताए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभामा गढवा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरी, हर्ट फाउण्डेशन नेपालका रविलाल आचार्य,तराई मधेश चन्दनपुर खानेपानीका नर बहादुर वली, गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण राज पाण्डे लगायतकाले बोलेका थिए भने ७ नम्बर वडा सदस्यहरु कमला नेपाली, रेखा थापा, महेन्द्र प्रसाद चौधरी, मायाराम चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजका अगुवा कटकन्दार अघरिया उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो । घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सहसचिव बोट बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितिका सचिव रम्भुनाथ चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]