काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु भएको छ ।
मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बयान सुरु भएको हो । सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
त्यस्तै यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको मंगलबार बयान सकिएको थियो । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।