आलोक भाबुक/गढवा बुधबार, पौष १७, २०८१

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि थारुले माओवादी भ्रष्टाचार नियन्त्रण,भ्रष्टाचार अन्त्य र शुसासनको लागि खबरदारी अभियान सञ्चालन गरेको र भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता कार्यकर्ता भए कानुन बमोजिम कारबाही गरिनु पर्छ भन्ने मान्यताकासाथ अघि बढेको बताए ।माओवादी केन्द्रको सरकार भएको स्थानीय तहमा सबैको साझा मुद्दालाई समेट्ने गरी बिकाशको गतिविधि बढेको बताए । गढवा गाउँपालिकामा माओवादी केन्द्रको सरकार छ र गढवाका कृषी तथा पशुपालन कृषकहरुलको हकहितका लागि, उत्पादन बस्तुको बजारीकरणका लागि र महिला शसक्तिकरणको लागि अघी बढेको बताए । माओवादी बिना देशको समानुपातिक विकाश अघि बढ्न नसक्ने बताए ।

त्यसैगरी तेस्रो गाउँपालिका अधिवेशनमा बोल्दै माओवादी केन्द्रका लेखा आयोग केन्द्रीय समितिका सदस्य तथा दाङ जिल्ला सह-इन्चार्ज रामबहादुर दहितले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि मेटाउने प्रयास भैरहेकोले त्यसको बिरुद्धमा खबरदारी गर्ने र जनताको बिचबाट बहिसकृत गर्ने कार्यभार माओवादी केन्द्रको कांधमा आएको बताए । पार्टीलाई एकजुट गर्दै सुदृढ़ीकरण गर्दै प्राप्त उपलब्धि मेटाउने दुष्प्रयास गर्ने शक्तिहरुको बिरुद्धमा सबै लाग्नुपर्ने बताए ।

यस्तै अधिबेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्योपाने (सागर) ले भ्रष्टाचार र शुसासनको लागि सडक सदन र जनताको साथमा एक साथ खबरदारी गर्ने बताए । एमाले,काङ्ग्रेसको सरकार भ्रष्टाचारलाई बचाउने गरी बनेको सरकारलाई मनपरी कार्य गर्न नदिने बताए । २०८४ को निर्वाचनमा वडाध्यक्ष र पालिका सहित सबै वडामा माओवादी केन्द्रका नेतालाई जिताउन गरी तयारी गर्न आवश्यक रहेको बताए । उनले पार्टी बलियो र मजबुत नभएसम्म स्थानीय सरकारले जनताको पक्षमा सफल काम गर्न नसक्ने बताए ।

त्यस्तै गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक हरिमान पुन (बरुण), प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्ट,जिल्ला सचिव बिश्वराज आचार्य लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका उपाध्यक्ष देवराज यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला सदस्य तथा गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]