रुकुम । रुकुम पूर्वमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । भुमे गाउँपालिका वडा नम्बर –७ स्थित लाभाङका २९ वर्षीय सुर्जे रोका मगरलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरमाथि ३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
त्यस्तै प्रहरीका अनुसार,ती महिलालाई आइतबार बिहान बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।