भानु जोशी/लमही शुक्रबार, पौष १९, २०८१

दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।

शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीले लमहीमा पत्रकार सम्मेलनमार्फत महोत्सव संचालन गर्न लागेको जानकारी दिए । महोसत्सवबाट संकलित रकम आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने वाणिज्य संघले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको संघका अध्यक्ष ठकूरीले बताए। महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएकोछ ।

यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । त्यसैगरी जेष्ठ नागरिकलाई महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ । महोत्सवमा आफ्नो संस्थाको पोसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचि पुस्कार प्रदान गरिने छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण संघका महासचिव इश्वर पोख्रेलले गरेका थिए । वाणिज्य संघले यसभन्दा अगाडि छ वटा मेला महोत्सव संचालन गरिसकेको छ । महोत्सवमा पार्किङ्कको नि:शुल्क व्यवस्थापन गर्ने जनाइएको छ भने नेपाल औषधी व्यवसायी संघ दाङसंग समन्वय गरि महोत्सव अवधिभर नि:शुल्क प्राथमिक उपचार केन्द्रको लागि स्टल राखिनेछ भने लमही नगरपालिकासंग समन्वय गरि महोत्सवमा बारुण यन्त्र समेत राखिने भएको आयोजकले जनाएको छ ।

त्यस्तै कोइलाबास नाकालाइ सुचारु गर्नका लागि भारतीय व्यापार मण्डल बलरामपुर र तुलसीपुरका पदाधिकारीलाई समेत महोत्सवमा सहभागी गराउने आयोजाकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]