दाङ । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा आईतवार गढवा गाउँपालिकामा वालीका तथा समावेशी शिक्षा सञ्जाल स्थापना गर्न एक कार्यशाला सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यशालाले पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा मापदण्डले तोके अनुसार २५ सदस्यिय पालिका स्तरीय सञ्जाल गठन गरेको छ । समितिको पहिलो बैठकले मापदण्डले निर्धारण गरे बमोजिम मनोनित गर्ने उपाध्यक्ष चौधरीले बताइन् ।
युके इण्टरनेशनल डेभलपमेण्ट र पिपल इन निड तथा एसएसडिसी संस्थाको समन्वय सहकार्यमा शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले कार्यशालाको आयोजना गरेको हो । लुम्विनी प्रदेशका चार पालिकाहरु बुटवल, कोहलपुर, शिवराज नगरपालिका र दाङको गढवा गाउँपालिकामा स्थानीय तहमा वालिका शिक्षा सञ्जाल गठन गर्न थालीएको र नेपालका २ सय स्थानीय तहमा यो कार्यक्रम संचालन भैसकेको र देशैभरी यो कार्यक्रमलाई कार्यान्वयन गर्ने लक्ष्य रहेको शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका दिपक माझीले कार्यक्रममा जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा समावेशी शिक्षा सञ्जाल मार्फत बिपन्न सिमान्तकृत वर्गका वालवालीका, अपांगता भएका वालवालीका र बिद्यालय छोडेका वालवालीकाहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी गराईएको हो । कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सविता दंगालले सरकारले जारी गरेको वालिका तथा समावेशी शिक्षा सञ्जाल रणनिती–२०८० र सञ्जाल गठन तथा सञ्चालन सम्वन्धि मापदण्डका बारेमा कार्यशालामा बिस्तृत जानकारी दिएका हुन् ।
देउखुरीको गढवपा गाउँपालिकामा १३ हजार वालवालीकाहरु मध्ये ११ हजार वालवालीकाहरु मात्र शिक्षको पहुँचमा रहेको र बाकी २ हजारको हाराहारीका वालवालीकाहरु शिक्षको पहुँच भन्दा बाहिर रहेको एक अध्ययनले देखाएको हुँदा यो कार्यक्रम मार्फत सबैलाई शिक्षाको पहुँचमा जोड्न मद्दत गर्ने निर्देशक दंगालले बताए । उनले सञ्जाल गठनको प्रकृया र कार्यविधिका बारेमा समेत कार्यशालामा जानकारी गराए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा खगाउँपालिकामा यस्तो तथ्यांक देखिनुको कारण भौगोलीक बिघटता, नाका क्षेत्रका वस्ति,मुस्लिम समुदायले धार्मिक बिद्यालयभन्दा वाहिर कम विद्यार्थी भर्ना गर्नु र श्रम तथा जिविकोपार्जनका लागि वालवालीका लगेर काम गर्न जानु भएको वताए । कार्यक्रममा बोल्दै अध्यक्ष पोखे्रलले सबै वालवालीकाहरुलाई शिक्षको पहुँचमा ल्याउनु राम्रो निती भएको र अनिवार्य तथा निःशुल्क शिक्षा,स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी र बिषयगत र तहगत दरवन्दि मिलानको समस्या चुनौतिपूर्ण रहेको औंल्याए ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सविता दंगाल,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,अधिकृत दिपक माझी, सिद्धार्थ सामाजिक विकास केन्द्रका यादव प्रसाद धिताल लगायतले बोलेका थिए । उपाध्यक्ष चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवगा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले गरेका थिए ।