दाङ । राप्ती गाउँपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने भएको छ । पालिकाक्षेत्रमा बसोबास भएका गरिव तथा असहाय व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत ५ हजार रुपियाँ उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गरिब र असहाय व्यक्तिको मृतक परिवारलाई किरिया खर्च दिन थालिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
यसबाट गरिब र असहाय परिवारलाई मृतकको काज किरियामा राहत पुग्ने विश्वास राखिएको अध्यक्ष विष्टले बताए । यो सहयोग प्राप्त गर्न सम्बन्धित वडाबाट गरिबी तथा असहाय भएको सिफारिस पेश गर्नुपर्ने छ ।