दाङ । दिनेश आचार्य एउटा संघर्षशिल युवाको नाम हो । जसले सानैउमेरदेखि जिम्मेवारीको भारी बोक्यो । अनि आफ्नो जीवनको यात्रा तय गर्यो । प्यूठान ऐरावती गाउँपालिका वडा नम्बर–६ मा जन्मिएका आचार्यले पढाईकालागि निकै संघर्ष गर्नुपर्यो । घरासयी काम पुरा गर्दै पढ्ने ईच्छालाई दृढताका साथ पुरा गरेका आचार्य अहिले दाङ लमहीमा व्यवसायलाई अगाडी बढाउन सफल भएका छन् ।
संघर्ष र सफलताको विचमा आफुलाई टिकाईराख्न सफल भएका आचार्यले २०५८ सालमा प्यूठानको विजुली स्कुलबाट एसएसली पास गरे । त्यसपछी उनको उच्चशिक्षा काठमाण्डौंमा सुरु भयो । यो विचमा आचार्यले थुप्रै उपाधीले विश्व रेकर्ड राख्न सफल भए । ११४ घण्टा निरन्तर पढेर, धेरै समय हात मिलाएर जस्ता किर्तिमानी कामबाट उनको नाम परिचित छ ।
सञ्चारकर्मी उनको रुचीको बिषय हो । हातमा सिप, हृदयमा दृढ ईच्छा शक्ति र व्यवहारमा लागु गर्न सक्ने आँट उनमा छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा उनि कोषाध्यक्ष पदको उम्मेदवार बनेका छन् । सनमकुमार पौडेल नेतृत्वमा रहेको प्रगतिशिल प्यानलमा कोषाध्यक्ष पदको उम्मेदवार रहेका छन् । खानेपानी संस्थालाई सुशासनयुक्त संस्थाको रुपमा विकास गर्ने उनको संकल्प छ । यो संकल्प पुरा गर्न र नयाँ जिम्मेवारी बहन गर्न आचार्य तयार छन् । उनले सबैलाई प्रगतिशिल प्यानलका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।