शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, पौष २९, २०८१

दाङ । माघी सुरु भएसंगै माघी पर्वको रौनक थारु वस्तिहरुमा बढ्न थालेको पाईएको छ । माघी पर्वलाई संस्कृति संरक्षणको अभियानका रुपमा मनाउनुपर्ने सोमवार गढवामका आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

थारु कल्याणकारीणी सभा गढवाको आयोजना र गढवा गाउँपालिका तथा दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोगमा सोमवार गढवामा आयोजित थारु संस्कृति ओ माघीमिलन कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले थारु समुदायका नयाँ पुस्तामा कला संस्कृति लोप हुन थालेको भन्दै कला संस्कृति, संसकार र परम्परालाई संरक्षण गर्नेतर्फ समुदाय सकृय हुनुपर्ने बताएका हुन् ।

त्यस्तै थारु कल्याणकारीणी सभा गढवाका अध्यक्ष सञ्जीव चौधरीको अध्यक्षतामा भएको माघि मिलन कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाकि उपाध्यक्ष शारदा कुमारी चौधरीले गरेकि हुन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले थारु समुदायको नयाँ बर्षको रुपमा लिईने माघी पर्व समुदायकै बरका तिउहार भएको बताइन् । थारु समुदायमा परम्परादेखि चल्दै आएको कड्कन्दार, अघरीया चुन्ने र बर्षभरीका योजनाहरु बनाउने प्रचलन माघी पर्वमै हुने बताइन् । थारु समुदायका नयाँ पुस्तामा पुरानो संस्कार, परम्परा, कला र संस्कृति हराउन थालेको भन्दै यसको संरक्षण सम्वर्धनमा स्थानीय सरकारको तर्फबाट पहल गर्ने कार्य भैरहेको उपाध्यक्ष चौधरीले बताइन् ।

कार्यक्रममा बोल्दै थारु बुद्धिजिवी तथा संस्थाका कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरीले माघी पर्वकै सन्दर्भमा कम्लरी मुक्तिको अभियान आरम्भ गरि सफलता प्राप्त गरिएको हुँदा माघी पर्वलाई कमैया–कम्लहरी मुक्ति दिवसको रुपमा मनाउनुपर्ने बताए । तराईका धर्तिपुत्र मानीने आदिवासी थारु समुदायको भाषा,सहित्य,कला,संस्कृति र परम्परालाई जगेर्ना गर्नुपर्ने बेला आएको बताए ।

त्यस्तै कार्यक्रममा थारु कल्याणकारीणीसभाका केन्द्रिय सदस्य लक्ष्मी चौधरी, गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, नेपाल रेडक्रस सोसाईटी उ(पशाखा गढवाका सभापति दयाराम यादव, महिला तथा वालवालीका शाखाका प्रमुख पे्ररणा चन्द, थाकस दाङका उपसभापति रामरति चौधरी, थाकस देउखुरी क्षेत्र नं. १ का सभापति प्रकाश चौधरी, उपसभापति गोकुल प्रसाद चौध।री,लमही नगर समितिका सभापति शिवप्रसाद चौधरी लगायतले माघी पर्व र यसको औचित्यका बारेमा बोलेका थिए ।

कार्यक्रममा थारु समुदायका विविध भेषभुषा झल्कीने झाँकी तथा प्रतियोगितात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम सुरु हुनु अघि गढवा बजारमा थारु कला संस्कृति झल्कीने झाँकी प्रदर्शन गरिएको थियो । थारु कल्याणकारीणीसभा गढवाका रम्भुनाथ चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव प्रायगनाथ चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]