Sidha Patra शनिबार, माघ ०५, २०८१

तेहरान । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा २ जना न्यायाधीशको मृत्यु भएको छ ।

सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या भएको जनाइएको छ ।

सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ । मिजान अनलाइनका अनुसार मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह हुन् । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ ।

त्यस्तै उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभएको मिजानले जनाएको छ । आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ । मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् । अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो ।

यस्तै उक्त समयमा आरोपहरूमा प्रमाणको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो । मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेका थिए । यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ । गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।

त्यस्तै सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैंकमा गोली हानी हत्या गरिएको थियो । सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए । उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो । (रासस/एएफपी)

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]