शिवु खनाल/लमही आइतबार, माघ ०६, २०८१

दाङ । जनताको गरीखाने माध्यम भनेको उद्यमशीलता हो । यसलाई देशको मेरुदण्ड मानिन्छ । देशमा उद्यमशील विकास भएमा जनता धनी हुन्छन् र देश बलियो हुन्छ ।

नेपालमा उद्यमशीलता विकासको प्रचुर सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक गतिविधिमा संलग्न गराउन नसक्दा एकातिर गाउँ, बस्ती र सहर युवाविहीन हुन पुग्दै छ भने अर्कोतर्फ उनीहरूको ऊर्जावान् समय परदेशमा सकिँदै छ । युवालाई स्वदेशमै राख्न युवालक्षित उद्यमशीलता नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक छ ।

त्यस्तै देशमा बढ्दो बेरोजगारीका कारण युवामा उद्यमशीलता विकासमा रुचि र स्वरोजगारीको चाहना बढेको देखिएको छ । उद्यमशीलता विकासले आर्थिक वृद्धि, सामाजिक आर्थिक मुद्दा सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्धन गर्न मद्दत गरिरहेको छ । नेपालमा विशेष गरी पर्यटन, कृषि, जैविक खेती उत्पादन जस्ता क्षेत्रमा उद्यमशीलता विकासका अवसर छन् । उद्यमीहरूले सामाजिक आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

दाङको लमहीमा गरिवी निवारणको लागि अजम्मरी सामुदायिक वन बास हस्तकला उद्यम परियोजना अगाडि सारिएको छ । लमहीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सदस्यहरुलाई रोजगारी सृजना गर्न बास हस्तकला उद्यम परियोजना कार्यक्रम अगाडी सारेको अजम्मरी सामुदायिक वन उभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए । उनले उपभोक्ता समूहका सदस्यहरुलाई आर्थिक रूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्षित गराउन बास हस्तकला उद्यम परियोजना अगाडि सारिएको बताए । उनले भने,–। उपभोक्त सदस्यलाई उद्यम सिकाउने र उद्यमी बनाउने लक्ष्य लिइएको छ ।

सोही अनुसार हामीले तिस दिने बास हस्तकला उद्यम तालिमको आयोजना गर्न लागेका छौं ।’
शनिवार अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षमा एवम् लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसार सुबेदीको प्रमुख अतिथि तथा लमही नगरपालिका स्तरिय वन महासंघका अध्यक्ष पुरन बस्नेत, ग्रीन फाउण्डेशन नेपालका प्रतिनिधि सुरेश रावत, डब्लु.आर.आर.एनका प्रतिनिधिक दिपक नेपालीको संयुक्त सहभागी समूहको नियमित बैठकमा अजम्मरी सामुदायिक वन बास हस्तकला उद्यम परियोजना अगाडी सार्ने निर्णय गरिएको छ ।

उनका अनुसार उक्त उद्यम तालिममा आदिवासी जनजाति, दलित, स्थानिय सामुदायका ३० जनालाई सहभागी गराइने छ । तालिम संचालनको लागि समूहले उप–समिति गठन गरेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी संयोजक,सुस्मा नेपाली र शशिराम नेपाली सदस्य रहेका छन् । बैठकमा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले उपभोक्ता सदस्यहरुद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरणमा स्थानिय सरकारले सहजीकरण गर्ने बताए । व्यापार व्यवसाय प्रवद्र्धनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने पनि उनले बताए ।

त्यस्तै उनले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई सामुदायिक वनले पूर्णता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गरे । उहाँले आगामी दिनमा स्थानीय तहबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । ग्रीन फाउण्डेशन नेपालका प्रतिनिध सुरेश रावतले राज्यको अर्थतन्त्रमा सामुदायिक वन उपभोक्ता समूहका सदस्यको सहभागिता महत्वपूर्ण रहेको बताए । उनले अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको उद्देश्य सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई आर्थिक रूपमा सशक्त बनाउनु सकारात्मक पक्ष रहेको बताए । उनले भने,–। ‘सधैंजसो चुलो चौकामा सीमित हुने महिलालाई उद्यमी बनाउनुपर्नेमा जोड दिन आवश्यक छ । अर्थतन्त्रका महत्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ ।

त्यस्तै यो सकारात्मक पक्ष हो ।’ तिसदिने बास हस्तकला उद्यमी तालिमले सामुदायिक वन समूहका उपभोक्ता सदस्यलाई राहत मिल्नुका साथै, उद्यमीका लागि मार्गदर्शकको रुपमा रहेको स्रोत केन्द्र दाङका प्रतिनिधि दिपक नेपालीले बताउनुहुदैँ, आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक बताउनुभयो । उनले भने,–। ‘उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउँदैन । मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]