शिवु खनाल/लमही बिहिबार, माघ १०, २०८१

दाङ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले स्थानीय वस्तु तथा सेवाको उत्पादन एवं बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

उनले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताए । देउखुरी उद्योग बाणिज्य संघ लमहीले जैविक विविधता ग्रीनपार्कमा आयोजना गरेको सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन,वितरण र बजारीकरण गर्ने रहेको बताए । ‘यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ, मन्त्री न्यौपानेले भने । अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै मन्त्री न्यौपानेले मेला महोत्सवको आयोजनामा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

‘कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको थियो । बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा सञ्चितिमा पनि कमी हुन गयो, पर्यटन मन्त्री न्यौपानेले भने,–। ‘तर, अहिले रेमिट्यान्स उत्साहजनक रुपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ क्षेत्रमा तरलताको पनि क्रमशः सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेत देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको नमुना मिनी नेपाल रहेको बताए ।

त्यस्तै उनले सात प्रदेश मध्य लुम्बिनी प्रदेश नेपालकै उत्कृष्ट पर्यटनको परिचित प्रदेशको रुपमा रहेकोले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले भने,–। ‘लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारतसंग सीमा नाका जोडिएको दाङको कोइलाबास नाकालाई नियमित रुपमा सहज तवरले संचालन गर्न आवश्यक रहेको छ । यसको लागि संघीय सरकारले गम्भिरताका साथ साचो दिन जरुरी देखिन्छ ।’ लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले भारतसंग सीमनाका जोडिएको दाङको कोइलाबास भन्सार कार्यालयबाट पटके व्यवस्थापन गर्ने बताए ।

यस्तै उनले भारतबाट नेपाल भित्रीने पर्यटकहरुबाट जनगुनासो बढी आउन थालेपछि, भारतीय पर्यटकहरुको विषयमा प्रदेश सरकारले तदारुकता देखाएको बताए । उनले भारतीय छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरुलाई नेपाल भित्राउने वातावरण सहज बनाउने बताए । उनले भने,–। ‘नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अवलोकन गर्न आउने भारतीय पर्यटकहरुलाई नेपालमा भित्राउन कसरी सकिन्छ यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भिरतापूर्वक अगाडी बढ्नका लागि भालुवाङ्बाट वितरण गर्दै आइरहेको पटकेलाई कोइलाबासको भन्सार कार्यालयबाटै सहज रुपमा वितरण गर्ने तयारीका साथमा अगाडि प्रदेश सरकारले बढेको बताए ।’

मन्त्री न्यौपानेले स्थानिय सरकारले आफ्नो क्षेत्रभित्र विभन्नि रोजगारी सृजना गर्न विभिन्न उद्यमहरु संचालन गर्न आवश्यक रहेको बताउनुहुदैँ, यसको लागि प्रदेश सरकारले सधैव सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले भने,–। ‘विदेश पलायनबाट नेपाली नागरिकलाई रोक्नुपर्छ । आफ्नै स्वदेशमा रोजगारी सृजना गर्न तिनै तहका सरकार एक ठाउँमा उभिन जरुरी रहेको छ ।’

देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेको प्रमुख अतिथिमा सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २८०८१ को उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य जमशेर मिया,लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी,नगर उपप्रमुख लक्ष्मी योगी, नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायण भुषाल, उत्तरप्रदेश बलरामपुर जिल्ला तुलसिपुर नगर उद्योग व्यापार मण्डलका अध्यक्ष श्याम विहारी अग्रहरी, महामन्त्री रुपचन्द्र गुप्ता,दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष ध्रुव कुमार गहतराज, नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष रतन कुमार केसी, देउखुरी उद्योग बाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लिलाराम खनाल लगायतले बोलेका थिए ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बाणिज्य संघका महासचिव ईश्वर श्रेष्ठले गरेका थिए । उक्त महोत्सव माघ २७ गतेसम्म संचालन हुने छ । लमही महोत्सवमा पहिलो दिन माघ ११ गते चर्चित गायक हेमन्त शर्मा, कृष्ण रेउले,उद्घोष अनुप बुढा,दिपक बर्मा र राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन दिने कार्यक्रम रहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]