Sidha Patra शुक्रबार, माघ ११, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर  ३ खरदरियामा रहेको शंकर माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव कार्यक्रम बिहिबार भब्यतका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्त्री तिमिल्सिनाले राजपुर गाउँपालिका र संस्कृत विश्वविद्यालयसंग समन्वय गरेर पालिकामा रहेको झन्डै ६०० बिघा बढी जग्गामा स्विजरल्यान्ड सरकारले २८ बिलियनको प्रोजेक्ट लन्च गरेर काम गर्न लागेको बताएका छन् ।

उनले उक्त प्रोजेक्ट सञ्चालनमा आएको खण्डमा यहाँका धेरै नागरिकहरुले रोजगारी पाउने मन्त्री तिमिल्सिनाले बताए । मन्त्री तिमिल्सिनाले विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि दक्ष जनशक्ति र गुणस्तर शिक्षाको व्यवस्थापन गर्न जरुरी रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेश भित्रको सामुदायिक विद्यालयमा दिवा खाजा खुवाउँदै आइरहेको १५ रुपैयाँलाई वृद्धि गरेर २५ रुपैयाँ बराबरको नास्ता खुवाउने योजना बनाउनको लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पाँच,पाँच रुपैयाँका दरले वृद्धि गर्ने उद्देश्यले योजना बनाउँदा करिब २२ करोड रुपैयाँ लाग्ने भएपछि उक्त योजना तत्काललाई सरकारले ठेक्न नसक्ने स्थिति भएको हुँदा कार्यान्वयन नगरिएको बताए ।त्यस्तै मन्त्री तिमिल्सिनाले एसइइमा उत्कृष्ट अङ्कल ल्याउने छात्र तथा छात्रालाई आफ्नो तर्फबाट प्रोत्साहन स्वरूप नगद ५,००० समेत दिने गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिम्सिनाले स्वर्गीय युगपुरुष खुमबहादुर खड्काले थालनी गरेका विकास निर्माणका कामहरूलाई स्थानीय सरकार,प्रदेश सरकार र राज्यले निरन्तरता दिनुपर्ने बताएका छन् । उनले भने उहाँले स्वर्गबाट चिन्ता व्यक्त गर्नुहुन्छ होला । मैले थालनी गरेका अधुरा पुलहरु,बाटाहरु,विद्युतका पोलहरु पुरा भयो कि भएनन् । शिक्षा, स्वास्थ्यकका लागि थालनी गरेका अधुरा कामहरु पुरा भयो कि भएनन् होला भनेर सायद स्वर्गबाट चिन्ता व्यक्त गर्नुहुन्छ होला मन्त्री तिमिल्सिनाले भने । देशले सधैँ सम्झिरहने नेता खड्काले गर्दा अहिले विकासका कामहरूले गति लिइरहेको मन्त्री तिमिल्सिनाको भनाइ छ ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले शंकर माध्यमिक विद्यालयलाई माविसम्म सञ्चालन गर्नको लागि स्वर्गीय खुमबहादुर खड्काको ठूलो भूमिका रहेको बताएका छन् । जनजनको मनमा बस्न सफल नेता खड्कालाई तत्कालीन अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामवरण यादवको टोलीले भेट गरेर कक्षा १० सम्म सञ्चालनका लागि प्रस्ताव राखेपछि, नेता खड्काले जिल्ला शिक्षा कार्यालय दाङसँग समन्वय गरेर उक्त विद्यालयलाई कक्षा १० सम्म सञ्चालनका लागि पहल गरेको बताए ।अध्यक्ष बुढाठोकीले नेता खड्का सबैको माझमा नभएपनि उनले पहल गरेका योजनाका कामहरू अहिले धमाधम सम्पूर्ण हुँदै गरेको बताए । बर्खाको समयमा राप्ती नदी पार गर्दा धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था भएको र तर अहिले पुलहरू धमाधम भएपछि आम नागरिकहरु सुरक्षितका साथ आवतजावतमा सहज भएको अध्यक्ष बुढाथोकीले बताएका छन् ।

गरिब दुःखी तथा निम्बुखाका बालबालिकालाई निःशुल्क पढाउने उद्देश्यका साथ आफूहरु निर्वाचित भएर आइसकेपछि, बजेटको व्यवस्थापन गरेर नि:शुल्क शिक्षा प्रदान गर्न सफल भएको बताए । सुरुमा आफूहरुले ल्याएको योजनालाइ देखेर यो असम्भव भएको भनेर विरोधीहरूले स्यात्मक रुपमा लिएको पनि अध्यक्ष बुढाथोकीले बताए ।राजपुर गाउँपालिकाद्वारा शिक्षक सहितको नि:शुल्क शिक्षा व्यवस्थापन गरेको हुँदा तनमन लगाएर पठनपाठन गराउन शिक्षकहरुलाई आग्रह गरे । एसइइमा राजपुर गाउँपालिकादेखि एकजना मात्रै विद्यार्थी पास भएको हुँदा अब आउँदो परीक्षाबाट राम्रो रिजल्ट ल्याउनको लागि सबैले तनमन लगाएर लाग्नुपर्ने अध्यक्ष बुढाठोकीले बताएका छन् । उनले अभिभावकहरूलाई पनि आफ्नो बालबालिकाको राम्रोसँग हेरचार गरेर लाग्न आग्रह गरे ।यस्तै बुढाथोकीले मन्त्री तिमिल्सिनालाई राजपुर गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष पहल गर्न पनि आग्रह गरे । राजपुर गाउँपालिका एउटा विकट क्षेत्र भएको हुँदा यहाँको शिक्षा क्षेत्रको विकासका लागि राज्यले विशेष पहल कदमी ल्याउनुपर्ने अध्यक्ष बुढाथोकीले बताए ।

त्यस्तै उपाध्यक्ष धनपतिदेवी यादवले राजपुर गाउँपालिकामा आफूहरू निर्वाचित भएर आइसकेपछि कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापन गर्न आफूहरू सफल भएको बताएकी छिन् । उनले शिक्षक तथा अभिभावकहरूलाई गुणस्तर शिक्षा प्रदान गर्नका लागि आआफ्नो स्थानबाट लाग्न समेत आग्रह गरिन् । बालबालिकाको भविष्य निर्माणका लागि सम्पूर्ण निकायले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने समय आएको समेत उपाध्यक्ष बताएकी छिन् ।विद्यालयकी शिक्षिका सीता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रसाद अहिर,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर अहिर,वडा नम्बर २ का वडाध्यक्ष ओम प्रकाश यादव लगायतका वक्ताले बोलेका थिए।

अवधी सांस्कृतिक प्रस्तुतिबाट स्वागत गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक तथा वरिष्ठ शिक्षकहरूलाई सम्मानपत्र सहित दोसल्ला उढाएर सम्मान गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादवले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रामरती चौधरी र मेनुका शर्माले संयुक्तरुपमा संचालन गरेकी थिइन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]