दाङ । गढवा गाउँपालिका वडा नम्बर–५ लोखरपुर निवासी अस्तुनी चौधरी ५१ बर्ष पुगिन् ,तर पनि सिपि नेपालले देउखुरीको गढवामा आयोजना गरेको माघी बिशेष कार्यक्रममा पहिलो पल्ट फुटवल खेल्न आइन् । कति बस्छौ चुलो र चौकोमा,आउ बाहिर रमाऊ खेलमा भन्ने नाराका साथ क्रेयटिङ पोसिबिलिटिन नेपालले महिलाहरुका लागि मात्र आयोजना गरेको खेलमा रमाउन आएको बताइन् ।
त्यस्तै गढवा ४ मगहरी बस्ने ४६ बर्षिय कृष्णा कुमारी चौधरी पनि जिवनमा पहिलो पल्ट महिला फूटवल प्रतियोगितामा भाग लिन आएको बताइन् । उनिहरु जस्तै गढवा ७ चन्दनपुरकी कविता सुवेदी,गढवा ५ धर्मपुर निवासी शान्ती चौधरी लगायतका धेरै आमाहरुले निकै रहर र जाँगरका साथ फूटवल प्रतियोगितामा भाग लिन आएका हुन् । सधैभरी चुलो चौको र घरधन्दाको काममा ब्यस्त रहनु पर्दा बाहिरको संसारमा खेल खेलेर रमाउन आएको खेलमा सहभागि आमाहरुले बताउछन् ।
बिगत १५ बर्ष अगाडी देखि सिपि नेपालले गढवा, राजपुर र राप्ती गाउँपालिकामा रहेका बिपन्न र सिमान्तकृत समुदायका महिला दिदीबहीनीहरुलाई शसक्तिकरण तथा जिविकोपार्जनका बिभिन्न कृयाकलापहरु गर्दै गराउँदै आएको निर्देशक दिनेशराज सापकोटाले बताए । सिपि नेपालले सिमान्तकृत वर्ग समुदायका वेसाहारा वालवालीकाहरुको पठन–पाठन,महिलाहरुको शसक्तिकरण,नेतृत्व विकास,साईकिल वितरण र जिविकोपार्जनका धेरी कामहरु गर्दै आएको महिला संयोजक सरीता चौधरीले बताइन् । हामी हरेक माघमा महिलाहरुलाई खेलकुदमा रम्न प्रतियोगिता राख्छौ र भागलिने सबैलाई भाँडाकुडा दिएर प्रत्साहन गछौं–उनले भनिन् ।
यसैविच माघ १० देखि आयोजना गरिएको खेलकुद कार्यक्रम एक समारोहका बिच समापन गरिएको छ । सिपि नेपालका सदस्य जुनु चौधरीको अध्यक्षता र हर इण्टरनेशनलका प्रमुख क्यानेडियन नागरिक मिसेल बोनोको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोनोले सिमान्तकृत वर्गका नेपाली दिदी बहीनीहरुलाई बिभिन्न कोणबाट सहयोग गर्न र शसक्तिकरण गर्न हाम्रो कार्यक्रम ल्याइएकोृ र खेलकुद र मनोरञ्जन मानव शरिरकालागि अत्यावश्यक चिज भएको बताए । हामी स्थानीय सरकारसंग समन्वय गरेर कार्यक्रम अगाडी बढाएका छौं चित्त नबुझेका कुराहरुमा सुझाव सल्लाह दिनुहोला बोनोले स्थानीय सरकारका जनप्रतिनिधीहरुसंग आग्रह गरे ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले खेल मानव स्वास्थ्य समृद्धिका लागि उपयोगी भएको बताए । सिपी नेपालले स्थानीय सरकारसंग समन्वय सहकार्य गर्दै आफ्नो पालिका क्षेत्रमा निकै महत्वपूर्ण कार्यहरु गरेको उहाँले प्रशंसा गरे ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापा,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,सिपी नेपालका निर्दैशक दिनेशराज सापकोटा, माबि चैनपुरका प्रअ हिमाल प्रकाश अधिकारी, मुक्त कम्लरी बिकास मञ्चका कार्यक्रम संयोजक ज्ञानु थापा लगायतले बोलेका थिए । सो अवसरमा गढवा गाउँपालिका क्षेत्रका बिद्यालयहरुबाट एसइइ परिक्षामा उत्कृष्ट पठन पाठन गर्ने जनता माबि कालाकाटेका निमित्त प्रअ भानु जिएम,उत्कृष्ट अंक ल्याउने विद्यार्थी प्रन्जल चौधरीलाई जनही २५ हजारको पुरस्कार राशीले सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट किसान रिता चौधरी,भुवनेश्वरी चौधरी तथा उत्कृष्ट महिला उद्यमी मिना चौधरी र परौली चौधरीलाई जनही १२ हजार ५ सय नगद पुरस्कारले सम्मान गरिएको थियो ।
साढेचार दर्जन साईकिल वितरणः
सिपी नेपालले हरेक बर्ष जस्तै यसबर्ष पनि बिपन्न र सिमान्तकृत वर्ग समुदायका विद्यार्थीहरु तथा महिलाहरुलाई ५६ थान साईकिल उपहार प्रदान गरेको छ । विद्यार्थीहरुलाई घरबाट विद्यालय जान साईकिल किन्न नसक्ने बिपन्न परिवार छानेर ३८ जनालाई साईकिल वितरण गरिएको सिपी नेपालका हेमराज शर्माले जानकारी दिए । यसैगरी बिपन्न र सिमान्तकृत समुदायका १८ जनालाई साईकिल उपहार प्रदान गरिएको छ ।सिपि नेपालका कर्मचारी दिपा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको माघ बिशेष कार्यक्रमको समापन लाई महिला संयोजक सरिता चौधरीले गरेकी थिइन् । सो अवसरमा खेलकुदमा उत्कृष्ट हुने महिला समूहहरुलाई पुरस्कार,शिल्ड तथा कप प्रदान गरिएको थियो भने उत्कृष्ट खेल प्रदर्शन गर्ने र सहभागी सबैलाई सान्वना स्वरुप भाँडाहरु उपहार प्रदान गरिएको थियो ।