Sidha Patra मंगलबार, माघ १५, २०८१

कास्की । उच्च अदालत पोखराले सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी तोक्ने आदेशसम्बन्धी कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

त्यस्तै रविले सोमबार उच्च अदालत पोखरामा दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मिलनकुमार राईको एकल इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशपछि रवि धरौटी बुझाएर ८४ औँ दिनमा हिरासतमुक्त भएका थिए ।

हिरासतबाट बाहिरिएपछि उनले आदेशप्रति खुसी व्यक्त गर्दै न्याय जीवित रहेको प्रतिक्रिया दिएका थिए । तर, सोमबार भने जिल्ला अदालतको उक्त आदेश बरीतको भन्दै उच्च अदालतमा निवेदन दिन पुगेका थिए । उक्त आदेश बदर गरी आफूलाई साधारण तारेखमा छाड्नुपर्ने उनको माग छ । यस अघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि रित नपुगेको तथा रविलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै माघ ८ गते निवेदन दर्ता गराएको थियो । त्यो निवदेनमा पनि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरिसकेको छ ।

त्यस्तै जिल्ला अदालतको आदेशमा चित्त नबुझेर कसैले उच्च अदालतको ढोका ढक्ढक्याएमा जिल्लासँग कैफियत प्रतिवेदन मागिन्छ । एकल इजलासले यस्तो आदेश दिन्छ र कैफियत प्राप्त भएपछि त्यसलाई दुईजना न्यायाधीशको संयुक्त इजलासमा लगिन्छ र त्यही इजलासले त्यसको निरुपण गर्छ । कानुनी रूपले कैफियत माग गर्नुलाई सामान्य प्रक्रिया मानिन्छ। कैफियत प्रतिवेदनमा मुद्दाको विवरण,आदेश गर्दा अपनाइएको कार्यविधि, आदेश गर्दा आधार मानिएका तथ्य,प्रमाण र कागजातहरूको विवरण पेस हुन्छ ।

यस्तै‘यसअघि सरकारी वकिलको कार्यालयले पनि उच्चको ढोका ढक्ढक्याएको छ । त्यसको जवाफ पनि आएको छैन । सामान्यतः १५ दिनभित्र जवाफ पढाउने चलत छ । तर, बाँकी ६ जनाको हकमा पनि कसैले निवेदन दिए यही प्रक्रियामा जोडिन्छ,’ उच्च अदालतका अधिकारीले भने, ‘बाँकी छ जनाको पनि जोडेर आउन सक्छ । त्यसमा झगडिया पक्षको रुचिले पनि काम गर्छ । कसैले लब्याउन खोज्यो भने पाँच-छ महिनासम्म जान सक्छ । अहिलेचाहिँ प्रक्रिया अगाडि बढ्यो भनेर बुझ्दा हुन्छ ।’

त्यस्तै गएको पुस २५ गते सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका रवि, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल,जीबी राईकी सहयोगी लीला पछाईं, सूर्यदर्शन सहकारीकी संस्थापक अध्यक्ष मीना गुरुङ,कोषाध्यक्ष आरती गुरुङ र कृष्णबहादुर गुरुङलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]