Menus

Sidha Patra शुक्रबार, माघ १८, २०८१

दाङ । आज दिउँसो देउखुरीमा कुखुरा बोक्ने पिकअप गाडीले एक महिलालाइ ठक्कर दिदा महिलाको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ३ पुरन्धारा बस्ने बर्ष ४५ कि फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले जानकारी दिए । उनको टाउको र अनुहारमा गहिरो चोट लागेको र लमही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रबार आज मध्यान्ह करिब १२ बजे सतबरियादेखी लमहीतर्फ आउँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने गाडीले पुर्बपश्चिम राजमार्ग लमही नपा-७ कप्तानगञ्जमा ठक्कर दिएको प्रहरीको भनाई छ ।

मृतक चौधरी लमही-७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि उनिहरु सडक किनारमा बस कुरेर बसेका थिए । यस्तै पिकअपको ठक्करबाट लमही न.पा. ७ नयाँ बस्ति बस्ने बर्ष ६२ कि फुलपतिया चौधरी र सोही ठाउँ निवासी बर्ष ६५ कि उदेशनि चौधरी घाईते भएका छन ।

यस्तै गाडी चालक लमही नगरपालिका -६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close