काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आगामी चैत ७ गतेदेखि हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । यस्तै बोर्डले २ हजार ७९ स्थापनमा परीक्षा केन्द्र तोकिएको जनाएको छ ।