दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले होलीमा नियम विपरीत चलेका सवारीसाधनहरु धमाधम नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा १२२ सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको बताएका छन् ।
उनका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने,३ जना राखेर मोटरसाइकल चलाउने,मादक पदार्थ सेवन गरी सवारी चलाउने काजगपत्र साथमा नबोकी सवारी चलाउने कारबाहीमा परेका हुन् ।
कारबाही पर्नेमा मोटरसाइकल कार अटो रहेको उनले बताए । होलीको समयमा शुक्रबार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने १२२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको हो । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने १९ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।